· ArtistNepal Network · ArtistNepal News · Music news
आर्टिस्ट नेपाल संबाददाता सञ्चारकमी तथा गितकार पुरुषोत्तम बस्नेतको राष्ट्रियता सम्बन्धी गितको भिडियो सार्वजनिक भएको छ । एल्बम "रासुम"मा समाबेश गरिएको गीत 'मेरो देशलाई स्वर्ग बनाऊ …' को भिडियो सार्वजनिक भएको हो । भिडियोमा देशको वर्तमान समस्याको निकासका लागि आह्वान गरिएको छ । मेरो देशलाई स्वर्ग बनाऊ … बोलको गीतको भिडियोलाई गीतकार तथा सञ्चारकर्मी पुरुषोत्तम बस्नेतले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशन पनि हो । 11010298_655498931240249_2869090169938504583_n गीतमा शशी रावल र विश्व नेपालीको आवाजमा रहेको छ । गीतमा लक्की आचार्य र सिमोन दाहालको अभिनय छ । जिबी लामाको छाँयाकन रहेको भिडियोलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । यसमा देशका विभिन्न स्थानका संग्रहित दृष्यहरु समावेश गरिएको छ । एल्बमलाई कम्पास मिडियाले बजारमा ल्याएको हो ।
Tags: Purusottam basnet