· ArtistNepal Network · ArtistNepal News · Music news
काठमाडौँ — नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो । १२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको थियो । १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजका 'घुम्तीमा नआउ है', 'पर लैजाउ फुलहरु', 'नमान लाज यस्तरी'जस्ता दर्जनौं लोकप्रिय गीत छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् । नेपालमा पहिलोपटक गितार बजाएर सांगितिक कला प्रस्तुत गर्ने प्रधान पहिलो थिए । भारतका लोकप्रीय कलाकार उषा मंगेशकरसँग उनले माइतीघर चलचित्रका लागि युगल गीत समेत गाएका थिए । रेडियो नेपालमा उनको ७ सयभन्दा बढी गीत रेकर्ड छ । प्रेमध्वज प्रधानका पत्नी किरण देवी र दुई छोराहरु प्रसन्न र कविर प्रधान अमेरिकामा छन् ।