· ArtistNepal Network
· ArtistNepal News
· Music news
गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा बुटवल बसपार्क सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा एरेन्ज भने श्यामस्वेत रसाइलीको रहेको छ। गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी ,खोलिमा पानि ,माछी बस्यो ,परदेशको बास ,अक्षतामा दहि लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन्।
गीतको म्युजिक भिडीयोलाई शिव बिकले निर्दशन गरेका हुन्। जहाँ जिबेस गुरुङ र याङ्सु श्रेष्ठ फिचर्ड छन्। गीतको भिडियोमा उनीहरुको जोडी सुहाएको छ। अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियोमा माधब श्रेष्ठको सह-निर्दशन ,पदम सुबेदीको सम्पादन ,मिलन बिस्वकर्माको कलर र सक्षम पुडासैनीको मेकअप समाबेस रहेको छ। गीतलाई गायक ओलीको अफ़िसिएल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।