· ArtistNepal Network · artists · film artist
आर्टिस्ट नेपाल टेकेन्द्र शाह स्थापित एबं क्षमतावान् भिडियो सम्पादक हुन् । वि.सं. २०६२ सालदेखि निरन्तर भिडियो सम्पादकको रुपमा कामगरेका टेकेन्द्र शाहले हालसम्म ३ हजार भन्दा बढीको संख्यामा भिडियो सम्पादन गरिसकेका छन् । अछामको रामारोशन ५ स्थित विद्यालयमा अध्ययन गर्दा देखिनै पलाएको सम्पादन रुचिलाई पुरा गर्न उनी काठमाण्डौ आएका थिए ।गायिका आस्था बिको मलाई पुगेन, सिशिर योगीको बाटो, आकांक्षा बस्यालको तिमी छौ र लगायातका दर्जनौ हिट गीतका सम्पादन गरेका तेकेन्द्र शाह अधिकांश म्युजिक एवार्डहरुमा "बेस्ट म्युजिक भिडियो एडिटर" को लागि नोमिनेसनमा पनि परिसकेका छन् । एक दर्जन जती चलचित्रमा ग्राफिक्स तथा भि.एफ.एक्स को रुपबाट काम गरिसकेका टेकेन्द्रको कामदेखी आफु सन्टुस्टी रहेको बताउदै आफुले निर्देशन गर्ने हरेक भिडियो तथा पछील्लो चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' मा पनि उसले काम गरेको निर्देशक प्रसन्न पौडेलले बताए । पुतलीसडक स्थित सिल्फ ईन्टरटेन्मेन्टमा आर्टिस्ट नेपालसंगको कुराकानीमा टेकेन्द्रले आफु अभिनयमा पनि पाईला चालेको बताए । बिशेष गरी राष्ट्रिय भावनाले भरिएका गीतहरुमा मात्र प्रस्तुत हुने बताउदै गायक प्रकाश रेग्मीको 'सुनामी' बोलको गीतको लागि सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमै गएर छायांकन गरिएको अनुभव पनि उनले सुनाए । डा । कृष्णहरु बरालको शब्द, बिबी अनुरागीको संगीतमा नरेश रेग्मीको निर्देशन् तथा ह्यारी महर्जनको छायांकनमा तयार भएको भिडियोमा प्राकृतिक प्रकोपक पिडालाई प्रस्तुत गरिएको छ ।
Tags: Tekendra Shah