· ArtistNepal Network · Event News
‘ नर्सिङ आईडल २०१८’ को उपाधि ग्रान्डी हस्पिटलमा कार्यरत स्वास्थ्य परिचारिका सुनिशा बिष्टले जितेकी छन् । उनले १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । बिजेता बिष्टले उपाधिका साथमा बिभिन्न उपहार स्वरुप प्राप्त गरिन् । अमेजन ईन्टरटेन्मेन्टले मंगलबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा सुजिता खत्री फष्ट रनरअफ र जेनिशा थापा सेकेन्ड रनरअफ घोषित भए । फष्टरनर अफ र सेकेन्ड रनर अफले उपाधिका साथमा बिभिन्न उपहार जिते । बिभिन्न उप शिर्षकमा बेस्ट ट्यालेन्ट रिचा कार्की, बेस्ट क्याटवाक जेनिशा थापा, बेस्ट पर्सानालिटी जेबिका श्रेष्ठ, बेस्ट फोटोजेनिक प्रिया शर्मा, बेस्ट स्माईल सुजिता खत्री, बेस्ट डिसिप्लिन सेलिना चौलागाईं, बेस्ट कम्प्लेक्सन आस्था गुरुङ, बेस्ट हेयर रिना केसी, मस्ट चार्मिङ शर्मिला लामा, मस्ट ईन्टलजेन्ट सुनिशा बिष्ट, मस्ट स्मार्ट अस्मिता गिरी, मस्ट एल्टिभ बर्षा दंगाल, मस्ट पंचल कबिना श्रेष्ठ, मस्ट कन्फिडेन्ट समिक्षा गुरुङ, मस्ट अट्राक्टिभ शिला शिल्पकार, मस्ट ईन्टिलेजेन्ट साची खत्री, नर्सिङ पब्लिक चईस रिचा कार्की र मस्ट पपुलर कबिना श्रेष्ठ बिजेता धोषित भए । मोडेल, कोरियोग्राफर तथा चर्चित आरजे, भिजे कला सुब्बा प्रमुख निर्णायक रहेकी थिईन । कार्यक्रममा मिस नेपाल वर्ल्ड २००५ बिजेता सुगारिका केसी, डा. प्रोफेसर सुशिला मल्ल, मोडेल तथा नायक दिक्पाल कार्की, संचारकर्मी तथा कास्टमण्डप टेलिभिजनका निर्देशक सुमित राणा लगायत निर्णयक मण्डलमा रहेका थिए । आर्टिस्ट नेपालका संस्थापक निर्देशक नव ढुंगेल ब्युटिसियन आईकन बिजेता शिलाश्मा मल्ल ठकुरी, प्याजेन्ट नेपालका निर्देशक राज लुइटेल कार्यक्रममा अतिथि रहेका थिए । नर्सिङ पेशामा आबद्ध भएका र अध्ययन गर्दै गरेका स्वास्थ्य परिचारिकाहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका रुपमा रहेको यस् प्रतियोगिता ‘नर्सिङ आईडल’ को पहिलो संस्करण हो । पेशागत प्रतियोगिता भएको हुनाले मिस तथा मिसेस दुबै प्रतियोगीहरुले प्रतिस्प्रधा गरेको र प्रतियोगितामा उमेर, उचाई, तौल जस्ता मापदण्दहरु नतोकिएको आयोजक संस्थाका अध्यक्ष कमल खतिवडाले बताए । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिईन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए ।
Tags: Nursing Idol Nepal