· ArtistNepal Network
· ArtistNepal News
नृत्य निर्देशक संघ नेपालको प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरलाई सभ्य तथा भव्य रुपमा मनाउन राष्ट्रिय नृत्य महोत्सव २०७४ को आयोजना गर्ने भएको छ । श्रावण २६ गते काठमाडौको भृकुटी मण्डपमा राष्ट्रिय नृत्य महोत्सवको कार्यक्रममा नेपालका पूर्व मेचि देखी पश्चिम महाकाली सम्मका विभिन्न जनजाती समुदाय, भाषाभाषीहरुको नेपाली कला र संस्कृति साथै विभिन्न लोक गीत, लोक भाका,लोक संगीत, आर्कषक भेषभुषा सहितको झांकी र नृत्यहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक तथा नृत्य निर्देशक संघ नेपालका सहसचिव रवि राना मगरले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि ललितपुर जिल्ला व्यापी परम्परागत शास्त्रिय चर्या नृत्य प्रतियोगिता श्रावन २१ गते ललितपुरमा आयोजना हुने छ भने भक्तपुरबाट भक्तपुर जिल्ला व्यापी अन्तर विद्यालय नेवार लोक नृत्य प्रतियोगिता भक्तपुरमा श्रावन २० गते हुने छ । यसै गरि सोही महोत्सवका लागि काठमाडौ जिल्लाबाट काठमाडौ जिल्ला व्यापी तामाङ्ग लोक नृत्य प्रतियोगिता श्रावन २१ गते बौद्धमा आयोजना हुने कुरा काठमाडौं जिल्ला व्यापी लोक नृत्य प्रतियोगिताका संयोजक केशव कोईरालाले जानकारी दिनु भयो । तिनै जिल्लाका उत्कृष्ट प्रतियोगिहरुलाई महोत्सवमा सहभागी गराईने संघका उपाध्यक्ष प्रदिप मान श्रेष्ठले बताउनुभयो । कार्यक्रमलाई सफल वनाउन दिन रात अहोरात्र खटिरहनु भएका संघका पदाधिकारीहरुले महोत्सव भव्यताका रुपमा सफल हुने र नेपाली लोक नृत्यलाई विदेशमा चिनाउन मद्दत पुग्ने विश्वास रहेको कुरा वताउनु भयो ।
नृत्य निर्देशक संघ नेपालको स्थापना २०७३ साउन २६ गतेका दिन विधिवत दर्ता भएको संस्था हो । नृत्यकर्मीहरुको हक र हितका लागि नृत्य क्षेत्रमा अनवरत रुपमा लागि रहनु भएका नृत्यका सर्जक , श्रष्टा नृत्य गुरुहरुलाई सम्मान गर्ने दिवगंत नृत्य गुरुहरुको जीवनीमा आधारित अभिलेख तयार पार्ने, नव प्रतिभाहरुलाई हौसला स्वरुप कदर गर्दै सम्मान गर्ने , नेपाल अधिराज्यभर छरिएर रहेको पेशाकर्मी नृत्य निर्देशकहरुलाई विभिन्न शाखाहरुको विस्तार गरेर एकै ठाउमा आवद्ध गराउने, नेपाली शास्त्रीय तथा लोक नृत्यहरुको अनुसन्धान गर्नुको साथै कार्यशाला गोष्ठीहरुको आयोजना गर्ने गराउने लगायतका कार्ययोजना तथा उद्धेश्य संघको रहेको जानकारी संघका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । आगामी साउन २६ मा १ वर्ष पुगेको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
नृत्य निर्देशक संघ नेपालले यस अघि नृत्य गुरु बा भैरब थापा सम्मान सांझ २०७३ कार्यक्रम आयोजना गरि श्रष्टा थापालाई नगद पुरस्कार सहित सम्मान गरेको थियो । २०७४ वैशाख १६ गते अन्तरराष्ट्रिय नृत्य दिवस २०१७ को अवसर पारेर ५ जना नृत्य सर्जकहरुलाई नगद पुरस्कार सहित एवं नवयूवा प्रतिभा नृत्य निर्देशकलाई पनि सम्मान गरेको थियो । सोही अवसरमा सम्मानित नृत्य गुरुहरुको जीवनीमा आधारित स्मारिका प्रकाशन गरि विमोचन गरेको थियो । कार्यक्रममा वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशी वरिष्ठ गीतकार रत्न शमसेर थापा र वरिष्ठ नृत्य सर्जक भैरव बहादुर थापाले उक्त स्मारिका विमोचन गरेका थिए ।
भैरव वहादुर सम्मान सांझमा
अन्तराष्ट्रिय नृत्य दिवसको कार्यक्रममा
“नृत्य हाम्रो अभिमान कला र संस्कृतिको पहिचान” भन्ने उद्देश्य सहित स्थापना भएको संघले आफ्ना क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई आपत विपतका घडिमा पनि उत्तिकै साथ समर्थन गर्दै आईरहेको र सोही अनुरुप सतार नृत्यका सर्जक नाट्यश्वर नृत्य कला प्रशिक्षण केन्द्र विराटनगरका वरिष्ठ नृत्य गुरु कामेश्वर झालाई स्वास्थ्य उपचारका लागि संघले आर्थिक सहयोग स्वरुप दश हजार समेत प्रदान गरेको संघका अध्यक्ष भुवन दास श्रेष्ठले जानकारी दिनु भयो ।
भैरव वहादुर सम्मान सांझमा
अन्तराष्ट्रिय नृत्य दिवसको कार्यक्रममा
“नृत्य हाम्रो अभिमान कला र संस्कृतिको पहिचान” भन्ने उद्देश्य सहित स्थापना भएको संघले आफ्ना क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई आपत विपतका घडिमा पनि उत्तिकै साथ समर्थन गर्दै आईरहेको र सोही अनुरुप सतार नृत्यका सर्जक नाट्यश्वर नृत्य कला प्रशिक्षण केन्द्र विराटनगरका वरिष्ठ नृत्य गुरु कामेश्वर झालाई स्वास्थ्य उपचारका लागि संघले आर्थिक सहयोग स्वरुप दश हजार समेत प्रदान गरेको संघका अध्यक्ष भुवन दास श्रेष्ठले जानकारी दिनु भयो ।