· ArtistNepal Network · ArtistNepal News · Fashion News
'सिद्दि मिडिया प्रालि'ले आयोजना गर्न लागेको "नेपाल्स लिटल स्टार २०१८" प्रतियोगिताको ओरेन्टेसन सम्पन्न भएको छl करिब २ दर्जन बालबालिका स्पर्धा गर्न लागेको उक्त प्रतियोगिता बालबालिकाहरुको व्यक्तित्व बिकाश तथा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले र भविष्यमा एक सक्षम,सफल नागरिक बनाउन उत्पेरित सोचका साथ "नेपाल्स लिटल स्टार २०१८" आयोजना गर्न लागिएको 'सिद्दि मिडिया प्रालि'का प्रबन्ध निर्देशक अमित शाह बताउछन्। उक्त ओरेन्टेसन क्लास चर्चित फेशन डिजाईनर काजल शर्मा, समाजसेवी निकिता पाण्डे, गायिका बसन्ता प्रकृति र रमेश मास्केको उपस्थितिमा सम्पन्न भएको थियो। प्रतियोगीहरुलाइ कोरियोग्राफर आशिष मिश्रले विशेष प्रशिक्षण दिनेछन, जसमा उनीहरुको बाल मनोबैज्ञानिक पहिचान गरि आफ्नो क्षमता, दक्षता तथा बालबालिकाको इच्छा रुचिलाइ मध्यनजर गरेर सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विशेष प्रशिक्षण हुनेछ।