· ArtistNepal Network · ArtistNepal News · Event News
तमु साँस्कृतिक परिवार कतारले हरेक बर्ष आयोजना गर्दै आएको गायन विधा अन्तर्गतको "गैरआवासीय नेपाली तारा २०१५" कार्यक्रमको उदघाटन तथा प्रथम अडिशन राउण्ड सफलताका साथ सम्पन्न भएको छ । सन् २००८ बाट शुभारम्भ गरिएको यस कार्यक्रम नेपाल बाहिर आयोजना हुने पहिलो रियालिटी शो हो । दर्शकरुको मनोरञ्जन र आकर्षणलाई अझ प्रभावकारी बनाउन महिला र पुरुष प्रतियोगीहरुलाई छुट्टाछुट्टै खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरिदै आएको र गायन तथा नृत्यलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउँदै आएकोमा यस पटक भने गायन र नृत्य विधालाई अलग अलग विधामा समावेश गराईने जानकारी गराईएको छ । gaira abasiya nepali tara तमु समाज कतारका अध्यक्ष कृष्ण बहादुर गुरुङले यस कार्यक्रमलाई सफल पार्न र प्रवासमा रहेका कलाकारहरुको कलालाई अझ उचाईमा लैजान र अवसर प्रदान गर्न आयोजक को तर्फबाट जस्तोसुकै भूमिका खेल्ने जनाए । gaira abasiya nepali tara audition कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद, मध्यपुर्व सहसंयोजक पुर्ण केसी ज्यूको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका महासचिव बिनोद भट्टराई, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरी लगायत बिशेष अतिथि र अतिथिहरुको समुपस्थितिले कार्यक्रमको सोभा बढाएको थियो । कार्यक्रममा तमु समाज कतारका संरक्षक विल गुरुङ, सल्लाहकार सदस्य बुधवल गुरुङ, नेपाल पत्रकार महासंघका सभापति गणेश प्रसाद बन्जाडे, अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष भविन्द्र तामाङ, पत्रकार तिलविक्रम थेबे लगायतका उपस्थिती रहेको थियो । gaira abashiya nepali tara i atar