· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Old Songs Lyrics
TYO ANKHALE LAUNA MALAI MARYO Lyrics & Music BACHHU KAILASH त्यो आँखाले लौन मलाई मार्यो त्यो बोलीले लौन लाटो पार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ आफैसित साँझ बिहान गुनासोमा पोखाई रहेँ कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ जे जे भएँ आखिरमा तिम्रै निम्ति यस्तो भएँ कलेजी समाउनेले नै मार्यो मलाई हेरी टोल्याउनेले मार्यो रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन परेलीको भाषा हुन्छ यो पनि त थाहै थिएन आँखा आँखा जुझिदिन्छ मुटु मुटु अल्झिदिन्छ यस्तो पनि हुँदो रहेछ, यस्तो मलाई थाहै थिएन घुम्टोबाट चियाउनेले नै मार्यो झझल्कोमा आउनेले नै मार्यो