· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Lok Geet Lyrics
Supari Jaiko Mala हे हे हे सुपारी जाइको माला, गए यो ज्यान जाला ( सुपारी जाइको माला ) * ४ यो कान्छिलाइ लाने मै हु "गए यो ज्यान जाला " गए यो ज्यान जाला हौ साइली गए यो ज्यान जाला ओ है... . गाइको बाच्छो कोरली भिर चढ्छ चढ्दैन भिर चर्छ चर्दैन हौ *२ जम्दार बा को मा एक्लो छोरो, मन पर्छ पर्दैन ( मन पर्छ पर्दैन) *२ ओ है... .ओ है... .ओ है... . मधेसै ज्यानको लहरे पिपल ऒईलायो चैते धुपले ( ऒईलायो चैते धुपले ) * २ गाउँघरका केटि हुरुक्कै हुन्छन झिल्केको यो रुपले ( झिल्केको यो रुपले ) * २ ओ है... .ओ है... .ओ है... . बुटी त बाध्नु जन्तरे को चुल्ठी त बाध्नु केशको ( चुल्ठी त बाध्नु केशको ) * २ तरुनी देख्दा मन बरालिने के रोग लाग्यो यस्तो ल है ( के रोग लाग्यो यस्तो) * २ ल है.... .ल है.... धिपिमा ढिपी जोरबत्ति बल्यो माटोको पालैमा ( माटोको पालैमा ) * २ सुपारी जत्रो डण्डीफोर निस्क्यो मोई खाने गालैमा ल है !! ( मोई खाने गालैमा ) * २ ओ है... .ओ है... .ओ है... मोहर, सुकी हलेसी थानलाई भाकल देउरालीमाई ( भाकल देउरालीमाई ) * २ राम्री जति यो ज्यानलाई मात्रै , नराम्री अरुलाई ( नराम्री अरुलाई) * २ ओ है... .ओ है... .ओ है... माथी माथी सल्लेरीमा सुक्यो भैरम पाती ( सुक्यो भैरम पाती ) * २ राम्री राम्री तरुनीको पोई नाभाकै जाती ( पोई नाभाकै जाती ) * २ ओ है... .ओ है... .ओ है...