· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Old Songs Lyrics
म रोए पनि तिमी हाँसिदिनु यो झरीजाने जिन्दगीदेखि पन्छिदिनु कहिलेकाँही ती मिलनका यादहरु आए भने सपना सम्झी त्यसलाई बिर्सिदिनु म त यस्तै नै भए यसै सस्तो नै भए तिमी मुल्यवान् बनिदिनु कतै ती बेहोसिएका पलहरु बल्झिन्छ भने खेल नै सम्झी हाँसेर टारिदिनु सन्जोग हाम्रो विझाउने भुल भए त्यसमा नगहिरिदिनु शब्द: भुषण खरेल संगित: अरूण थापा स्वर: अरूण थापा