· ArtistNepal Network · ArtistNepal News · Filmy News
आर्टिस्ट नेपाल आगामी मंसिर १८ गते देखि नेपालमा सार्वजनिक प्रदर्शनमा आउने चकलेटको हङकङमा प्रदर्शन हुदाँ मन छुने चलचित्र बनेको सकारात्मक प्रतिक्रिया पाएको थियो । अर्थात भनौ, चकलेटलाई दर्शकले चकलेटको स्वादमा लिएका थिए । नायिका पुजना प्रधानको प्रस्तुतीमा तयार भएको चलचित्र ‘चकलेट’मा पूजना प्रधान, आयुष्मान घिमिरे, सुमन गैरे, नम्रता झा लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रले सडक बालबालिकाको कथालाई उठान गरेको छ । हास्य अभिनेताका रुपमा चर्चित निर्मल शर्मा यस् चलचित्रका निर्देशक हुन । निर्देशक शर्मा चलचित्र ‘चकलेट’ सामाजिक कथावस्तुमा निर्माण भएको बताउछन । चलचित्रमा पूजना प्रधान, खुशी गुरुङ, प्रितीमाया गुरुङ, केशव तामाङको लगानी छ ।
Tags: Pujana Pradhan Nirmal Sharma Chocolate Nepali Movie