· ArtistNepal Network
· ArtistNepal News
· Filmy News
आर्टिस्टसंसार,काठमाडौँ :
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ । आयोजक संस्थाका नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल द्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा अवार्ड बारे केही दिनमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने उल्लेख छ ।
नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई "खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड" द्वारा सम्मान गर्दै आएको छ । २०१६ नोभेम्बर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेन्भरमापहिलो पटकआयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्व पनि दिएका छन । दोस्रो संस्करणको बारेमा सम्पूर्ण बिस्तृत जानकारीको साथै अघिल्ला बर्ष भएका गतिबिधि तथा यो बर्ष हुने अन्य गतिविधिको जानकारी गराउने कुरा खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए
नेपाली चलचित्र गाउँ देखि विश्वसम्म भन्ने नाराकासाथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार-प्रसार र प्रर्दशन प्रबर्धन गरीनेपाली कला सस्कृतिलाई विश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजना हुदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा बिस्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने कुरा पनि अधक्ष्य तथा नायक नबराज श्रेष्ठले बताए । नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यसपालिको अवार्ड पनि भव्यताका साथ सम्पन्न गरिने भएको छ भने उक्त अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन् भने आयोजक समितिका अधक्ष्य नायक नबराज श्रेष्ठ रहेका छन् । उक्त कार्यक्रमको मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका कुरा अधक्ष्य श्रेष्ठले बताए । उक्त अवार्ड कार्यक्रममा नेपाल बाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधु कुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन ।