· ArtistNepal Network · ArtistNepal News · Music news
आर्टिस्टनेपाल संबाददाता उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था "नेपाली अमेरिकन कलाकार संघ"को साधारण सभा तथा महाधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले नयॉ कार्यसमितिको चयन गरेको हो । स्थानिय ज्याक्सन हाइटको चौतारी रेस्टुरेन्टमा भएको उक्त अधिवेशनमा करिब एकसय भन्दा ज्याँदा संख्यामा कलाकार, पत्रकार विभिन्न सँस्थाका प्रमुख एवं प्रतिनिधिहरू लगायत अन्य सर्वसाधारणको उपस्थिती रहेको थियो । nepal americian artist association तत्कालीन अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा सम्पन्न सो अधिवेशन बाट सुमन बुढा मगरको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष बिक्रान्त बस्नेत, उपाध्यक्ष तिलक श्रेष्ठ, मीरा गुरुगं, पविता परियार, महासचिव अभय ढुंगेल, सचिव राजेन्द्र राई, सह-सचिव गीता बिर्लाकोटी, कोषाध्यक्ष लाक्पा जाम्बो शेर्पा, सह-कोषाध्यक्ष बसन्ती राई, सदस्य संगीता थापा मगर, पुस्कर बराल, प्रेम सेन्चुरी सन्चार संयोजक (मीडियाको-अर्डिनेटर)-बिमल डाँगी सहमतिमा चयन भएका छन् । nepal usa artists association   चयन भएका नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै प्रमुख अथिति एन.आर.एन. उत्तर अमेरिकाको रिजनल कोर्डीनेटर सोनाम लामाले सर्बसहमतिमा कलाकारहरूको नयाँ नेतृत्व चयन भएकोमा आफु एकदम खुशि भएको कुरा बताउँएका थिए । त्यस्तै नेपाली जनसंपर्क समिति अमेरिकाको माहासचिव मुनिन्द्र बिक्रम नेम्बाङ, एन.आर.एन. अमेरिकाको बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, आदिवासी जनजाती माहासंघका लुईसांग वाईवा, नेपाली जनसंपर्क समिति अमेरिकाका कोषाध्यक्ष बिजय थुलुडं, भरत लामा, आंग छिरीगं शेर्पा, बि.आर लामा, मणि वांगदेल लगायतले सहमतिमा चयन भएकोमा समितिलाई शुभकामना व्यक्त गरेका थिए, भने संस्थाका विधानका बारेमा अधिवक्ता रमेश श्रेष्ठले प्रकाश पारेका थिए । तत्कालीन माहासचिव सुमन बुढामगरले संन्चालन गरेको उक्त कार्यक्रमलाई स्वागत मन्तव्य अभय ढुंगेलले गरेका थिए भने तारा निरौला, सुर्वण श्रेत्री र बिजय थुलुडं निर्बाचन समितिको भुमिकामा देखिएका थिए । nepal usa artists यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ । विदेशमा रहेर पनि नेपाली कला संस्कृतिको संरक्षणका लागि स्थापित संस्था नेपाल अमेरिकन कलाकार संघले यस् अघि बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गरी आर्थिक अवस्थाबाट नाजुक कलाकार तथा बिबिध बिपत्तीमा नेपालमा सहयोग गर्दै आएको थियो । आर्टिस्ट नेपाल डट कम, नेपाली अमेरिकन कलाकार संघले नयाँ नेतृत्वको सफलताको लागि शुभ-कामना ब्यक्त गर्दछ ।
Tags: Avay Dhungel Suman Budha Magar Bikranta Basnet Nepal American Artist Association