· ArtistNepal Network
· ArtistNepal News
· Filmy News
नेपाल चलचित्र प्राविधिक संघले हरेक वर्षझैं यस वर्ष पनि आयोजना गर्न लागेको चौथो नेफ्टा फिल्म अवार्ड-२०६७ मा नायक श्रीकृष्ण श्रेष्ठद्वारा निर्मित चलचित्र कहाँ भेटिएला सर्वाधिक १७ विधाको मनोनयनमा परेको छ।
विभिन्न ३१ विधामा पुरस्कार प्रदान गरिने अवार्डको मनोनयन सूचीमा छाडिगए पाप लाग्ला १३ विधामा परी दोस्रो स्थानमा परेको छ भने मेरो एउटा साथी छ र आफ्नो मान्छे आफ्नै हुन्छ तेस्रो स्थानमा परेको छ। दुबै चलचित्र १२/१२ विधामा मनोनयनमा परेका छन्। यसपछि मायाँ त मायाँ हो पहिलो पहिलो मायाँ कुसुमे रुमाल कहाँ छौ कहाँ जीवन मृत्यु क्रमशः नौ देखि ६ वटा विधाको मनोनयनमा परेका छन्। मनोनयन सूचीमा परेका उत्कृष्ट पाँच चलचित्रका निर्देशकहरु शिव रेग्मी उज्ज्वल घिमिरे ऋषि लामिछाने रमेश बुढाथोकी विजय थापा रहेका छन्।
मनोनयन सूचीमा अभिनेतातर्फ श्रीकृष्ण श्रेष्ठ आर्यन सिग्देल राजवल्लभ कोइराला निखिल उप्रेती र विराज भट्ट परेका छन् भने अभिनेत्रीतर्फ हिफाजतबाट रेखा थापा, नम्रता श्रेष्ठ, गरिमा पन्त, संचिता लुइँटेल र झरना थापा छन्। प्राविधिक संघले गत शुक्रबार एक समारोहबीच राजधानीमा मनोनयन सूची सार्वजनिक गरेको हो। २०६६ सालमा प्रदर्शनमा आएका चलचित्रबीच यो अवार्डमा स्पर्धा गराइँदै छ। दशैंको अवसरमा हुने यो अवार्ड तराई टेलिभिजनको सहयोगमा आयोजना गर्न लागिएको प्राविधिक संघका अध्यक्ष सन्तु तामाङले जानकारी गराएका छन्।
Tags:
Sweeta Khakda
Shrikrishna Shrestha