· ArtistNepal Network · ArtistNepal News · Filmy News
आज राष्ट्रिय चलचित्र दिवस हो। हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ। चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो। शुरुवाती दिवसहरुमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रुपमा मनाउने अवधारणा रहे पनि अहिले १ दिन मा मात्र सिमित छ, त्यो पनि धेरै चलचित्र कर्मी लाइ आजको रास्ट्रिय चलचित्र दिवस को बारेमा थाहा छैन। चलचित्र संग सम्बन्धित संघ संस्था ले भाबयाताका साथ दिवस मनाउनु पर्नेमा त्यो भने ओझेलमै पर्नथालेको छ। आजाको दिन क्यामरा र पर्दा दुबै तर्फ भबिष्य खोज्ने, चलचित्र बनाउने र माया गरेर हेरिदिने राष्ट्रिय चलचित्र दिवस सबैलाई शुभकामना ।
Tags: National Film Day