· ArtistNepal Network · ArtistNepal News · Music news
2011-07-06 संगीतसाधक स्व. नातिकाजीको तस्वीर अंकित हुलाक टिकट प्रकाशमा आएको छ। बुधबार राजधानीमा आयोजित एक समारोहबीच सूचना तथा संचारमन्त्री शंकर पोखरेलले नातिकाजी अंकित हुलाक टिकटमा टाँचा लगाएपछि सो टिकट सार्वजनिक गरिएको हो। यसअघि स्वरसम्राट् स्व। नारायणगोपाल, स्व। तारादेवीजस्ता गायक गायिकाका टिकट निकाले पनि सरकारले संगीतकारलाई हुलाक टिकटमा स्थान दिएको यो पहिलो अवसर हो। नातिकाजी स्मृति समाज तथा संगीतकार संघका अध्यक्ष शम्भुजित बासकोटाको पहलमा नातिकाजीको टिकट तयार पारिएको हो। सो अवसरमा मन्त्री पोखरेलले संगीतसाधक स्व। नातिकाजीको योगदान र गीतसंगीत क्षेत्रको चर्चा गरेका थिए। उनले क्रमशः अन्य कलाकारलाई पनि टिकटमा अंकित गरिने जनाए। त्यस्तै संगीतकार बासकोटाले नातिकाजीलाई टिकटमा अंकित गरेर उनीप्रति सच्चा सम्मान गरिएको चर्चा गर्दै आगामी दिनमा अन्य संगीतकर्मीका टिकट पनि तयार पार्नुपर्नेमा जोड दिए।
Tags: Natikaji