· ArtistNepal Network · ArtistNepal News · Music news
2011-07-04 एउटा मान्छेको मायाँले कति फरक पर्दछ, जिन्दगीमा एउटा मान्छेको साथले कति फरक पर्दछ , जिउनुमा आर्टिस्ट नेपाल। अशोज १८ अर्थात स्वर सम्राट नारायण गोपालको ७१ औं जन्म जयन्ती । नारायण गोपाल आज भन्दा ७१ बर्ष अगाडि असनको किलागल टोलमा सितारबादक बाबु आशागोपाल र आमा रामदेवीको सुपुत्रको रुपमा सम्बत १९९६ को अशोज १८ गते जन्मिएका थिए । निकटम साथी प्रेमध्वज प्रधान, मनिकरत्न, रत्नसमशेर थापा र राममान तृषितको अनुरोधमा त्रिचन्द्र क्याम्पसमा टेबल थटाउदै गीत गाउने गरेका नारायण गोपालले २१ बर्षको उमेरमा, सम्बत २०१७ सालमा रत्नशमसेर थापाको स्वर्ग की रानी ...... लाई आफ्नो पहिलो गीतको रुपमा रेडियो नेपालमा रेकर्ड गराएका थिए। स्वर्गकी रानी मायाँकी खानी नजाऊं तर्केर लाजै नमानी रिसाउने बानी छाडी आऊं फर्केर। २०३० साल कार्तिक महिनाबाट नेपालको पहिलो सांगीतिक पत्रिका को रुपमा 'बागिना' (बाजा+ गीत+नाच) को प्रकाशक र सम्पादकको रुपमा अगाडि बढेका नारायण गोपालले पहिलो अंकको सम्पादकियको सुरुको हरफमै लेखेका थिए - " भनिन्छ , नेपाली श्रोताहरुको संगीत सुन्ने कान छैन। हाम्रा कान बुझिएका छन। हिन्दी सिनेमाका गितहरूले। र पश्चिमे संगीतका अस्थाई र अब्यबस्थित धुन हरुले ।" कट्टर नेवार परिवारमा जन्मेका नारायण गोपालले २०२७ साल फाल्गुन महिनामा दार्जिलिंग सुकियापोखरी निबासी पेमला लामासंग अंतर्जातिय बिबाह गरेका थिए। एम्.ए. सम्म अध्ययन र बडोदामा शास्त्रीय संगीतको अध्ययन गरेका नारायण गोपालले डिस्क, र टेप गरि २०० भन्दा बढ़ी गीत रेकर्ड गरेका छन् र जम्मा दुइटा नेवारभाषाका गीत गाएका छन् । सम्बत २०४७ साल, मंशिर १९ गते, रातको ९.४५ मा नेपाली संगीतलाई सदाको लागी तुहुरो बनाएका नारायण गोपाल अझैपनि करोडों नेपालीको मुटुमा प्रिय बनेर रहेका छन। बिर्सेर फेरी मलाई न हेर यहाँ एक जीवन आंसुमा डुब्छ निको भई सकेको पुरानो त्यो घाउ अनायासै फेरी बल्झेर बढ्छ...... .. .. .. .. .. .. .. म मरे पनि मलाई मेरो देशको माया छ यो छाती भरी , मुरीका मुरी नेपालको माया छ ।
Tags: Narayan Gopal