· ArtistNepal Network
· ArtistNepal News
· Music news
आर्टिस्टनेपाल । २०६७ मंसिर १९, आईतवार ।
गायक भक्तराज आचार्य यस बर्षको नारायण गोपाल सङ्गीत पुरस्कारबाट सम्मानित भएका छन् । नारायण गोपाल सङ्गीत कोशले आईतबार सङ्गीत कोशको प्रांगणमा आयोजित नारायण गोपालको २०औं स्मृति दिबशमा आचार्यलाई 'सम्मान गरिएको हो ।
लामो समयदेखि क्यान्सर पीडित गायकलाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला ओडाई ताम्रपत्र सहितको सम्मानपत्र प्रदान गरिएको थियो । भजन शिरोमणिको रुपमा समेत चिनिने आचार्यका 'मुटु जलिरहेछ....', 'माया मेरी...', हजार सपनाहरुको... लगायत थुप्रै गीत चर्चित छन् ।
सन् १९४२ मा धनकुटामाआमा रेनुका आचार्य र बुबा बलभद्र आचार्य को कोख बाटजन्म लिनुभएका भक्तराज आचार्यले २०३० मा रेडियो नेपाले आयोजना गरेको “अधिराज्यव्यापी राष्ट्रिय गित प्रतियोगिता” मा “होसियार यसबखत समयको मुखलाई चिन....” गित गाएर गायन यात्रा प्रारम्भ गर्नु भएको हो ।बि. सं २०४६ सालमा काठमाडौंको बौद्दमा सांघातिक हमला भएपछि २०४९ मा जिब्रो काट्नु परेको थियो । त्यही बर्षदेखि उनी बोल्न नसक्ने अवस्थामा छन् ।
वि.सं. १९९६ असोज १८ गते बुधावारका दिन बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको छैटौ सन्तानका रूपमा काठमाडौँ किलागल टोलमा जन्मनु भएका नारायन गोपालको सम्बत २०४७ साल, मंशिर १९ गते, रातको ९.४५ बजे बिर हस्पिटलको आई.सी.यु. मा स्वर्गोहरण हुनु भएको थियो । नारायन गोपालको स्मृतिमा हरेक बर्षको मंशिर १९ गते सङ्गीत कोषले नेपाली संगीत जगतका एक बिशिस्ट स्रस्टालाई सम्मानित गर्ने गर्दछ ।
Tags:
Satya Raj Acharya
Narayan Gopal
Bhaktaraj Acharya
Phatteman