· ArtistNepal Network · ArtistNepal News · Music news
आर्टिस्टसंसार, काठमाडौँ नबिन ढुंगेल , लोक पारखीको लागि नबिर्सिने नाम हो। पुर्बी ओखल्ढुङ्गामा जन्मिएर नेपाल अधिराज्यभर गित सङ्कलनका लागि पुगेर विभिन्न भेगका लोकगितहरु संकलन गरि आफ्नो खातामा सुरक्षित गरिसकेका गायक ढुंगेलले २०३४ साल देखि २०४४ साल सम्म रेडियो नेपालमा गाईएका आफ्ना पुराना गीतहरुलाई युट्युबमा लिरिकल भिडियो मार्फत सार्बजनिक गरेका हुन्। कुनै समय अत्याधिक चर्चामा रहेका यी पुराना गितहरु अहिलेका पुस्ताहरुले पनि सुन्न सकुन भनेर डिजिटलाईज गरिएको गायक नबिन ढुंगेल बताउछन। उनको पुराना गितलाई सुपुत्र गायक संगीतकर्मी अभय ढुंगेलले आफ्नै युट्युब मार्फत लिरिकल बनाएर सार्बजनिक गरेका छन्। पुराना गितहरुको अस्तित्व जोगाउन सबै गायकहरुले आफ्नो सिर्जनाहरुलाई युट्युब मार्फत सुरक्षित गर्न सबै लाग्नुपर्ने अभय सुझाउछन। झन्डै ३५,४० को हाराहारीमा रेडियो नेपालमा गित रेकर्ड गराएका नबिन ढुंगेलका रेडियो तथा बाहिरी एल्बम सहित गरेर ६० को हाराहारीमा गित रेकर्ड छन्। उनका चर्चित गितहरुमा माछी मारन हो दाई हो , साली भेना, घर त पोखरा , साईकल सरर , पिपल संगै बर लगायत छन्।
Tags: Avay Dhungel Nabin Dhungel