· ArtistNepal Network · ArtistNepal News · Music news
हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम पनि बढेको छ। गायक राजु परियार,सरोज लामिछाने र गायिका जानुका लामिछाने निरौलाको स्वरमा रहेको तीज गीत ‘नजाऊ पियारी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। जानुका लामिछाने निरौलाको शब्द रहेको गीतमा संगीत प्रभावन जेको रहेको छ। शंकर बिसीले निर्देशन गरेको भिडियोलाई बासु बरालले सम्पादन र नबिन घर्ति मगरले सम्पादन गरेका छन्। डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक भिडियोमा शंकर बिसी,भावना लामिछाने र सरोज लामिछाने फिचर्ड छन्। पछिल्लो समय केहि तीज गीतका शब्दमा बिकृतिहरु देखिएको थियो। सार्वजनिक ‘नजाऊ पियारी’ बोलको गीतमा मौलिक शब्द समाबेस छन्।