· ArtistNepal Network · ArtistNepal News · Music news
आर्टिस्टनेपाल, न्युयोर्क। केहि समय अगाडी निधन हुनुभएका भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्य र अग्रज संगीतकार, संगीत संयोजक तथा वाद्यवादक नोर्बु छिरिङ (आपा)को सम्मान स्वरुप न्युयोर्कमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना भएको छ। स्व. भक्तराज आचार्यले गाउनुभएका कालजयी भजन तथा गित र नोर्बु छिरिङको संगीत संयोजन रहेका एक दर्जन गीतलाई न्युयोर्क ज्याक्सन हाईट स्थित 'नेपाली भान्सा घर'मा एक कार्यक्रमको आयोजना गरि न्युयोर्कमा रहेका नेपाली कलाकारहरुले श्रस्टाद्वयका गित गाएर सम्मान व्यक्त गरेका हुन्। "हिमालयन साँस्कृतिक प्रतिस्ठान न्युयोर्क" को आयोजनामा भएको उक्त कार्यक्रममा चर्चित गायिका सपना श्री, संगीता मुखिया, रेश्मा सुनुवार, अभय ढुंगेल, राजेन्द्र राई, ओम कर्माचार्य, सुबर्ण शाक्य, शुवास दाहाल, सानु शेर्पा लगायतका कलाकारले गित प्रस्तुत गरेका थिए। बाद्यबादनमा बरिस्ठ गितारमा शिशिर श्रेष्ठ र हेमराज राई, तबलामा न्हुछेमान डंगोल, हारमोनियममा सुबाश दाहालले साथ् दिएका थिए। कार्यक्रमका गायक संगीतकार एनबी दाहालले सहकार्य गर्दाको क्षण स्मरण गरेका थिए। साहित्यकार तथा 'अन्तरास्ट्रिय साहित्य समाज' कि पूर्वअध्यक्ष गीता खत्री, 'हिमालय कल्चरल एकेडेमी'का सस्थापक अध्यक्ष शिसिर श्रेष्ठ र 'अमेरिकन कलाकार संघ' कि अध्यक्ष बसन्ती राईले दिप बालेर श्रदान्जली स्वरुप चिर शान्तीको पुजा गरि कार्यक्रम सुरुवात गरेका थिए। सँस्थाका सँस्थापक सदस्य अभय ढुंगेलले सँचालन गरेको उत्त कार्यक्रममा सहभागी हुने महानुभाबलाई धन्यवाद दिनुका साथै कार्यक्रमलाई सहयोग गर्ने नेपाली भान्सा घर तथा बुद्द ट्याक्सलाई पनि बिशेष धन्यवाद ब्यत्त गरेका थिए । हेर्नुहोस, तस्विरमा -