· ArtistNepal Network · ArtistNepal News · Music news
आर्टिस्ट नेपाल । करिव एक दशकअघि अर्थात २००३ मा स्थापना भएको नेपाली ब्याण्ड निर्वाण एन म्युजिक लिंकको क्रिट्मस ईभमा एकल लाइभ कन्सर्ट हुने भएको छ । कुपोन्डोल स्थित बि दियर रेस्टुरेन्टमा आयोजना हुने उक्त कन्सर्टलाई जस्ट ईभेन्ट ईन्टरटेन्मेन्ट र जेड म्युजिकले आयोजना गर्न लागेको हो । करिब एक दर्जन जती आफ्न चर्चित गितहरु प्रस्तुत गर्ने उक्त कार्यक्रमको लागि ब्याण्ड मेम्बरहरु अहिले तयारीमा जुटेका छन् । केही महिना अगाडि आफ्नो दोस्रो एल्बम ‘निर्वाण एन म्युजिक लिंकको भोल्यूम टु‘ सार्वजनिक गरेको यस ब्याण्डमा प्रमोद निर्वाण (भोकल) दिनेश लिम्बु (बास गिटार), मेम्सन चित्रकार (लिड गिटार), उत्तम थापा (गिटार) तथा सन्जीत थापा (डम) मा छन् ।
Tags: Concert In Nepal Concert