· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
एस के ईन्टरटेनमेन्टको आयोजनामा “मिसेस तामाङ्ग नेपाल २०१८” को अडिसन सम्पन्न भएको छ । सामाखुशी स्थित मेगा फुड कोर्टमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ३० जना भन्दा बढी प्रतियोगीहरुको उपस्थिती थियो ।
तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा नायिका तथा चलचित्र निर्मात्री पुर्णिमा लामा, अनिता तामाङ्, उर्मिला वाईबा, मोडेल तथा अभिनेत्री रश्मी तामाङ् , शान्ती तामाङ् , सुमना गुरुङ लगायत निर्णायक् मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो ।
प्रतियोगिताको अडिसनका लागि नेपाल अधिराज्यभरबाट तामाङ्ग समुदायका बिवाहित महिलाहरुका लागि आवेदन फाराम खुल्ला गरिएको र बिबिध कारणबस अडिसनमा आउन पाउनु नभएकाहरुले फर्म भनेर अर्को अडिसनमा आउन सकिने संस्थाका प्रबन्ध निर्देशक शान्ता लामाले जानकारी दिईन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले दिनेछन ।