· ArtistNepal Network
· ArtistNepal News
तेश्रो सिजनको मिसेस नेपाल आईडलको उपाधी श्रीजना श्रेष्ठले हात पारेकी छिन्। उनले उपाधी सहित मस्ट ईन्टलिजिन्ट र मस्ट पपुलरको अवार्ड पनि हात पारिन् । बिगत ३ बर्ष देखी बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन र गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्पर्धा गराउने र समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको पहिलो रनरअप सिम्रन वाईबा घोसित भईन, उनले उपाधी सहित बेस्ट ट्यालेन्टको उपाधी पनि हात पारिन । त्यस्तै दोश्रो रनरअप गंगा पौडेल घोसित भईन, उनले उपाधी सहित मस्ट कन्फिडेन्सको उपाधी पनि प्राप्त गरिन ।
बिगत ६ बर्ष देखी सौन्दर्य एबं नाटकको आयोजना गर्दै आएको सस्था अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताका अन्य बिभिन्न विधाका सबटाईटलहरुमा मस्ट स्मार्ट कृष्ण कुमारी श्रेष्ठ, बेस्ट पर्सानालिटी सिमा थापा खड्का , मस्ट एट्रक्टिभ रजनी गुरुङ, बेस्ट स्माईल रमा रश्मी, बेस्ट स्किन मधु सुनार, मस्ट एक्टिभ सुशिला गुरुङ, बेस्ट हेयर इन्दिरा श्रेष्ठ, मस्ट चार्मिङ सुशिला तमाङ, बेस्ट फोटोजेनिक सुजता श्रेष्ठ, बेस्ट ड्रेस इन्दिरा श्रेष्ठ र मिसेस पब्लिक चईस सिमा थापा खड्काले प्राप्त गरे।
प्रतियोगितामा १६ प्रतिस्पर्धीहरु थिए । प्रतियोगीलाई कोरियोग्राफर हिमानी सुब्बाले १ महिना लामो प्रशिक्षण दिएकी थिईन । प्रतियोगिताका निर्णायकका लागि चर्चित गायक एबं र्यापर निर्णय एन.एस.के, मिस नेपाल २००५ सुगारिका केसी, मिसेस मंगोल बिजेता धनमाया मगर थिए । कार्यक्रमक प्रमुख निर्णायकमा गायक, संगीतकार एबं साहित्यकार बुलु मुकारुङ रहेका थिए ।
Tags:
Nava Dhungel
Nirnaya NSK
Himani Subba
Amazon entertainment
mrs Nepal Idol
Bulu Mukarung