· ArtistNepal Network
· ArtistNepal News
तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न भएको छ । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको यस् प्रतिस्प्रधामा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, कुक, मेकअप, वक्तृत्व कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
ट्यालेन्ट शोमा फेशन कोरियोग्राफर तथा मोडल हिमानी सुब्बा, म्युजिक भिडियो निर्देशक तथा आर्टिस्ट नेपालमा डाईरेक्टर नव ढुंगेल, गायिका अर्पना श्रेष्ठ, मिस नेपाल आईडल फस्ट रनरअप सुनिशा कोइराला, ब्युटिसियन नेपाल बिजेता शिलाश्मा मल्ल, मिसेस मंगोल २०१८ को फस्ट रनरअप निर्मला राई लगायत निर्णायकमा थिए ।
प्रतियोगितामा रजनि गुरुङ, गंगा पौडेल, रमा रश्मी, सुशिला तामाङ्, मधु सुनार, सुजता श्रेष्ठ, सिमा थापा खड्का , इन्दिरा श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, सुशिला गुरुङ, श्रीजना श्रेष्ठ, देवकी तामाङ्, सिमरन वाईबा, दुर्गा थापाले प्रतिस्प्रधा गर्दैछन ।
श्रावन ३० गते जमल स्थित राष्ट्रिय नाचघरमा फिनाले हुने आयोजक संस्था अमेजन ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक कमल खतीवडाले बताए । प्रतियोगितामा हिमानी सुब्बाको कोरियोग्राफी रहेको छ भने आर्टिस्ट नेपाल स्टुडियोज एन्ड प्रोडक्सन हलमा ट्रेनिङ हुँदैछ ।
Tags:
Himani Subba
Amazon entertainment
Kamal Khatiwoda
mrs Nepal Idol