· ArtistNepal Network · ArtistNepal News
यो बर्षको मिसेस नेपाल आईडलको अन्तिम प्रतिस्प्राधाको लागि तयारी पुरा भएको आयोजकले बताएको छ । यसैको साथै  मिसेस नेपाल आईडल २०१७ को अनलाईन भोटिङ सुरुभएको छ । भाद्र ६ गते हुने फिनालेमा बेस्ट पपुलर चोईस एवार्ड अनलाईन भोटिङबाटै प्राप्त गर्नेछन । यस प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १८ जना प्रतियोगीहरु प्रतिस्प्रधी गर्दैछन । विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य, बौद्धिकता, प्रतिभा र सांस्कृतिक सचेतना सम्बन्धीत प्रतियोगितामा प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको एमाजोन ईन्टरटेन्मेन्टका सिइओ कमल खतिवडाले जानकारी दिएका छन् । मिसेस नेपाल आईडल २०१७ को लागि छानिएका प्रतियोगीहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिएकिछिन । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, फोटोसेसन, महिला सशक्तीकरण,सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिएकी छिन् । प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, मस्ट ब्युटिफुल, मिस फोटोजेनिक आदि बिभिन्न विधामा विजेता छानिनेछ। प्रतियोगितामा मिना लामा, कोपिला रसाईली , स्वस्ति पौडेल , सबिता तमाङ ,गिता भुजेल , कला पाठक , रुद्र के कार्की , दृष्‍टि न्यौपाने तमाङ , निर्मला सिलवाल, साबित्री श्रेष्ठ, तुलशा गिरी कार्की, शिल्पा बस्नेत, कृपा चुके ,रक्की श्रेष्ठ, रेखा बस्नेत श्रेष्ठ , ज्योति गौतम , भूमिका सापकोटा र तुलसा अर्याल रहेकाछन ।
Tags: Amazon entertainment Amazone Entertainment mrs Nepal Idol