· ArtistNepal Network
· Event News
पाँचौ संस्करणको ‘मिसेस मंगोल नेपाल २०१८’ को उपाधी धनमाया मगरले हात पारेकी छिन् । बिगत ५ बर्ष देखी मंगोल समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताका फस्ट रनरअप निर्मला राई तथा सेकेन्ड रनरअपको उपाधी पम्फा ओजीले हात पारे ।
अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा अन्य बिभिन्न विधाका सबटाईटल प्राप्त गर्नेहरुमा बेस्ट ट्यालेन्ट पम्फा ओजी, बेस्ट पर्सानालिटी दुर्गा थापा, बेस्ट हेयर सुस्मिता थापा मगर, बेस्ट स्किनमा प्रमिला थापा, बेस्ट फोटोजेनिक गंगा राई, मस्ट एक्टिभ श्रीजना तामाङ, बेस्ट कम्प्लेक्सन अन्जु लो लामा, मस्ट स्मार्ट देवकी लामा, मस्ट चार्मिङ करुणा श्रेष्ठ शेर्पा, मस्ट कन्फिडेन्ट निर्मला राई, मस्ट एट्राटिभ सन्तोषी लिम्बु, मस्ट ईन्टिलेजेन्स धनमाया मगर, मस्ट ईनर्जेटिक शान्ता राई, मिसेस पब्लिक चैस निर्मला राई थिए भने मस्ट पपुलरको ताज सन्तोषी लिम्बुले हात पारिन् ।
प्रतियोगितामा नेपाल अधिराज्यभरबाट छनौट भएका १६ प्रतिस्पर्धीहरु छनौट भएका थिए । १ महिना लामो प्रशिक्षण पश्चात गत असार ११ गते जमल स्थित नाचघरमा भएको ग्राण्ड फिनालेमा प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका निर्णायकका लागि चर्चित गायक सन्तोष लामा, क्यापिटल कुईन नेपाल लीला राई, नायिका रेखा फागो, ब्युटिसियन लक्ष्मी श्रेष्ठ थिए । कार्यक्रमको प्रमुख अतिथीमा चर्चित गायिका पवित्रा सुब्बा थिए भने प्रमुख निर्णायकमा रेडियो कार्यक्रम प्रस्तोता,मोडेल तथा कोरियोग्राफर कला सुब्बा रहेका थिए ।
बिशेष गरी विवाहित नारीप्रति समर्पित सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको सस्था अमाजोन ईन्टरटेन्मेन्टले बिवाहित मंगोल महिलाहरुको प्रतिभा निखार्ने तथा मंगोल समुदायका महिलाहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र उत्प्रेरित बनाउन बिगत ५ बर्ष देखी मिसेस मंगोल प्रतियोगिताको आयोजना गर्ने गरेको अमाजोन ईन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।
हिमानी सुब्बाको कोरियोग्राफीमा आयोजित प्रतिस्प्रधाको काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको थियो । हस्पीलिटी पार्टनरको रुपमा होटल क्राउन प्लाजा तथा फोटोग्राफी आर्टिष्ट नेपालका फोटोग्राफर कुबेर तामाङको रहेको थियो ।

Tags:
Santosh Lama
Mrs Mongol Nepal
Himani Subba
Amazon entertainment
Mrs. Mongol
Kamal Khatiwoda
Kala Subba
Pabitra Subba