· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
आर्टिस्ट संसार , काठमाडौं
एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस मंगोल नेपाल २०१७” को फिनाले यही असाढ ८ गते अर्थात भोली हुँदैछ । मिसेस मंगोल नेपाल २०१७” को लागि देशका विभिन्न भागबाट सहभागिता जनाउन आएका १६ प्रतिस्पर्धिहरुले भोली आ-आफ्नो क्षमता प्रस्तुत गरेर २०१७ को ताज पहिरिनेछन ।
बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धिहरुलाई अफिसियल मिडिया आर्टिस्ट नेपालको अफिसियल फेसबुक पेज Artist Nepal मा गई आफुलाई मन पर्ने प्रतियोगीलाई पब्लिक चईस अन्तर्गतको टाईटलको लागि भोट गर्न सकिने आयोजक कमल खतिवडाले बताएका छन् ।
“मिसेस मंगोल नेपाल २०१७” सौन्दर्य प्रतियोगितामा सरिता राई, सुनिता राना मगर, सेन्सी राई, शुभद्रा श्रेष्ठ, चादनी श्रेष्ठ, बर्षा राई खड्गी, लक्ष्मी शाही, स्मृति बज्रचार्य, शितल पुन, रन्जना राना मगर, राधिका श्रेष्ठ, मेलिना मोक्तान, सरस्वती लामा, सिमा श्रेष्ठ, सम्झना राई र सरु श्रेष्ठले प्रतिस्प्रधा गर्दै छन् । उक्त प्रतियोगिताको बिजेताले बिज्ञापन, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।यस् प्रतियोगितामा मोडेल हिमानी सुब्बाले कोरियोग्राफी गरेकी छिन् ।
Tags:
Mrs Mongol Nepal