· ArtistNepal Network · ArtistNepal News

अमेजन इन्टरटेनमेन्टद्धारा बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता "मिसेज हिमालयन नेपाल २०१८" को 'ट्यालेन्ट शो' सम्पन भएको छ ।

दरबारमार्ग स्थित सिडब्लु रेस्टुरेन्टमा आयोजित ट्यालेण्ट शोमा प्रतिस्पर्धीले निर्णायक मण्डलहरू क्रमशः म्युजिक भिडियो निर्देशक तथा संचारकर्मी नव ढुंगेल, कोरियोग्राफर हिमानी सुब्बा, ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१८ बिजेता कृपा चुके र डान्स डाईरेक्टर सुम्निमा पाण्डे समक्ष आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विभिन्न पेशामा रहेका र गृहीणीको भूमिका निर्वाह गरिरहेका प्रतियोगिहरुले मिसेस ट्यालेण्ट उपाधिका लागि नृत्य, गीत संगीत,कबिता वाचन, वक्तृत्वकला लगायतका आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।

मिसेस ट्यालेण्टको घोषणा भने आगामी पौष ३० गते राजधानीको जमलस्थित राष्ट्रिय नाच घरमा हुने मिसेज हिमालयन नेपाल २०१७ को अन्तिम स्पर्धाका दिन घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष कमल खतिवडाले जानकारी गराए। यस् प्रतियोगिताका बिजेताले सिङापुरमा आयोजना हुने मिसेस एसिया प्यासिफिक २०१८ मा सहभागिता जनाउने अवसर पाउने छिन् ।

प्रतियोगितामा मुख्य उपाधि र रनर्सअपका साथ बेस्ट पेर्सोनालिटी, मष्ट ट्यालेण्ट, मष्ट पपुलर, बेष्ट स्माईल, बेष्ट स्कीन, बेष्ट हेयर, फेसबुक च्वाईस, मष्ट क्रियटिभ, भ्युअर्स च्वाईस, व्युटी विथ पर्पस, मिसेस क्याटवक, सोसल वेलफेयर एम्बेसडर, वेष्ट फिजीक, मिसेस ट्यालेण्टलगायतका उप उपाधि पनि अन्तिम प्रतिस्पर्धाकै दिन प्रदान गरिने छ ।

प्रतियोगिताको अन्तिम स्पर्धामा करुणा जोशी , प्राप्ती श्रेष्ठ , अनुका रिमाल, सपना केसी, रिचा कवै , प्रमिला सिंह ठकुरी, एलिजा रोक्का , उनिशा राइ, गोमा अधिकारी, लामु शेर्पा, ज्ञानउ राना, निरु शाह मल्ल, बिन्दु लामा र रचना ज्ञावली गरी १४ महिलाले स्पर्धा गर्दैछन्। प्रतियोगितामा कोरियोग्राफि हिमानी सुब्बाको कोरियोग्राफी रहनेछ । फोटो : कमल निकोन छेत्री

Mrs Himalayan Nepal - talent show11 Mrs Himalayan Nepal - talent show3 Mrs Himalayan Nepal - talent show 23 Mrs Himalayan Nepal - talent show 22 Mrs Himalayan Nepal - talent show 21 Mrs Himalayan Nepal - talent show 16 Mrs Himalayan Nepal - talent show 17 Mrs Himalayan Nepal - talent show 18 Mrs Himalayan Nepal - talent show 19 Mrs Himalayan Nepal - talent show 20 Mrs Himalayan Nepal - talent show 10 Mrs Himalayan Nepal - talent show 12 Mrs Himalayan Nepal - talent show 14 Mrs Himalayan Nepal - talent show 13 Mrs Himalayan Nepal - talent show 15 Mrs Himalayan Nepal - talent show 9 Mrs Himalayan Nepal - talent show 8 Mrs Himalayan Nepal - talent show 7 Mrs Himalayan Nepal - talent show 6 Mrs Himalayan Nepal - talent show 5 Mrs Himalayan Nepal - talent show 4 Mrs Himalayan Nepal - talent show 2 Mrs Himalayan Nepal - talent show 1
Tags: Nava Dhungel Himani Subba Kamal Khatiwoda Director Nava Dhungel Mrs Himalayan Nepal