· ArtistNepal Network · Event News

अमेजन इन्टरटेनमेन्टद्धारा आयोजना गरेको मिसेज हिमालयन नेपाल २०१८ को 'मिसेस पपुलर चईस अवार्ड'को लागि अनलाईन भोटिङ सुरु भएकोछ ।

बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता "मिसेज हिमालयन नेपाल २०१८" को 'मिसेस पपुलर चईस अवार्ड'को बिजेता घोषणा भने आगामी पौष ३० गते राजधानीको जमलस्थित राष्ट्रिय नाच घरमा हुने मिसेज हिमालयन नेपाल २०१८ को अन्तिम स्पर्धाका दिन घोषणा गरिनेछ ।

सौन्दर्य स्पर्धाको अन्तरास्ट्रिय नियम अनुसार सबैभन्दा धेरै अनलाईनमा भोट प्राप्त गर्ने प्रतियोगीले पब्लिक चइस अवार्ड प्राप्त गर्नेछन । अफिसियल मिडिया आर्टिस्ट नेपालको फेसबुक पेज मार्फत आफुलाई मन पर्ने प्रतिस्पर्धीलाई पौष २९ गतेसम्म भोटगर्न सकिनेछ । यस् प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १४ जना प्रतियोगीहरु छानिएका थिए।

एमाजोन इन्टरटेनमेन्टका सिइओ कमल खतिवडाले प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई सञ्चार, कला, व्यक्तित्व विकास, शैक्षिक भ्रमण, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता बिभिन्न विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको बताए ।

प्रतियोगिताको अन्तिम स्पर्धामा करुणा जोशी, प्राप्ती श्रेष्ठ, अनुका रिमाल, सपना केसी, रिचा कवै, प्रमिला सिंह ठकुरी, एलिजा रोक्का, उनिशा राइ, गोमा अधिकारी, लामु शेर्पा, ज्ञानु राना, निरु शाह मल्ल, बिन्दु लामा र रचना ज्ञावली गरी १४ महिलाले स्पर्धा गर्दैछन्। प्रतियोगितामा कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहनेछ । फोटो : कमल निकोन छेत्री

Tags: Mrs Himalayan Nepal