· ArtistNepal Network · ArtistNepal News
19894427_1596129017086360_1078675716_n चुला ,चौका ,घर व्यवहार तथा कार्यालयबाट केही समय निकालेर उक्त प्रतियोगितामा अडिसन लिन आउने सहभागीका अनुसार यस्तो प्रतियोगिता नेपालमा धेरै अगाडि हुनुपर्ने हो , तर ढिलै भए पनि आयोजक एसके ईन्टरमेन्टले यसको जमर्को गरेकोले आयोजक शान्ता लामाप्रति खुशी देखिन्थे । गुरुङ्ग जातिका समुदाय आफ्ना भेषभुषा,खानपान रितिरिवाज प्रति निकै सजग र अनुशासित मानिन्छ । यस किसिमका प्रतियोगिताले गुरुङ्ग महिला जातिमा रहेका आफ्ना क्षमता प्रदर्शनको दरिलो माध्यम हुन सक्ने कुरा आयोजक संस्था तथा सम्पूर्ण सहभागीको रहेको पाइयो । आजको अडिसनबाट २५ जना सहभागी प्रतियोगिताको लागि छानिएका छन् । साधना कला केन्द्रका मिलन मोक्तान,गायिका मौसमी गुरुङ्ग, चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी, चर्चित कोरीयोग्राफर रोजिन शाक्य, चर्चित डान्स कोरीयोग्राफर केशव थापा तथा मिसेस तामागं २०१६ का फस्ट रनर अप अनु कुमारी लामाको निर्णायक मण्डलले सहभागीहरुलाई छानेका थिए । आज छानिएका सहभागीहरुलाई करीव १ महिनाको विविध तालिम दिईनेछ । तालिमका प्रशिक्षक एवं कोरियोग्राफर रोजिन शाक्यका अनुसार १ महिनाको कठिन तालिम पश्चात भाद पहिलो साता प्रतियोगितको फाईनल रहने छ । भने तालिम अवधिभर विभिन्न किसिम तालिमहरु प्रदान गरि पूर्णरुपमा दक्ष वनाईनेछ । प्रतियोगितको विजेतालाई विभिन्न आकर्षक नगद पुरस्कार सहित क्राउन, ट्रफी,लगायत विभिन्न अवसरहरु प्रदान गरिने आयोजक शान्ता लामाले वताउनुभयो ।