· ArtistNepal Network · ArtistNepal News
मिसेस ग्लोबल नेपाल २०१८ को उपाधि दुर्गा पौडेलले प्राप्त गरेकी छिन। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो वर्षको ‘मिसेस ग्लोबल नेपालमा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। चलचित्र तथा टेलिचलचित्रको कलाकार समेत रहेकी उनले उपाधिसहित विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरिन। उनले उपाधि बाहेक मस्ट कन्फ़िडेन्सको सबटाईटल पनि प्राप्तगरिन। त्यस्तै मिसेस ग्लोबल नेपाल २०१८ को फस्ट रनरअपमा लिलादेवी निरौलाले प्राप्त गरिन। उनले उपाधि बाहेक बेस्ट ट्यालेन्ट र मिसेस पब्लिक चईसको टाईटल पनि प्राप्तगरिन। त्यस्तै सिसम कार्कीले सेकेन्ड रनरअपको उपाधि संगै मस्ट ईण्टलिजिन्ट तथा मस्ट पपुलरको टाईटल प्राप्त गरिन। थर्ड रनरअपमा भने राधिका रेग्मी घोसित भईन, उनले उपाधि संगै मस्ट अट्राक्टिभको टाईटल प्राप्त गरिन। प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट फोटोजेनिक तथा बेस्ट ड्रेसमा सुनु घले, मस्ट एक्टिभ बिपास्ना बस्नेत,बेस्ट कम्प्लेक्सन उषा गुरुङ, बेस्ट पर्सनालिटी दुर्गा थापा मगर, बेस्ट स्माईल प्रमिला थापा मगर, मस्ट स्मार्ट ज्योति भट्ट, बेस्ट डिसिप्लिन उनिका थापा खड्का, मस्ट चार्मिंग संगम्ता चपाईं, मस्ट पंचल सोभा तामाङ्ग, मस्ट ईनर्जेटिभ मनिषा सिग्देल र मस्ट डेलिजेन्ट रुपा अर्याल सापकोटाले प्राप्त गरे। अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको प्रमुख निर्णायकमा नायक प्रकाश अधिकारी थिए। त्यस्तै अन्य निर्णायकहरूमा मोडेल, संचारकर्मी तथा नायक रिजन थापा, मिसेस नेपाल आईडल बिजेता सृजना श्रेष्ठ, र गायिका सुनिता सुब्बा प्रधान थिए। आयोजक संस्था अमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले विवाहित नारीमा हुने अन्तर्निहित प्रतिभालाई बहिर ल्याई पेसा र समाजप्रति र नारी चेतनाआ थप जिम्मेवार एवं उत्तरदायी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए। यस् प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन।
Tags: Himani Subba Amazon entertainment Kamal Khatiwoda Mrs Global Nepal