· ArtistNepal Network
· Event News
मिसेस ग्लोबल नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न भएको छ। अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको यस प्रतियोगिताको ट्यालेन्ट सो दरबारमार्ग स्थित सीडब्लु रेस्टुरेण्टमा सम्पन्न भएको हो। उक्त ट्यालेन्ट राउण्डमा चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्बा, चर्चित आर्जे भिजे तथा कोरियोग्राफर कला सुब्बा, म्युजिक भिडियो निर्देशक तथा आर्टिस्टनेपालमा डाईरेक्टर नव ढुंगेल, मिस ब्युटीक्विन नेपाल फस्टरनरअप जयश्री मल्ल, मिसेसनेपाल आईडल दोश्रो रनरअप गंगा पौडेल निर्णायक थिए।
ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, बाध्यबाधन तथा गायन, हास्य व्यंग्य तथा अभिनय, कुक, मेकअप, सिलाइ कटिङ्ग , कबिता बाचन, वक्तृत्व कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन गरी निर्णायक मण्डलको मन जित्ने प्रयास गरेका थिए। प्रतियोगीहरुले देखाएको सबै प्रतिभाहरुको निणार्यक मण्डल तथा उपस्थित दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो। यस् शोबाट प्राप्त हुने 'मस्ट ट्यालेन्ट' को बिजेता घोषणा भने अन्तिम स्पर्धाका दिन हुनेछ।
यस प्रतियोगितामा मनिषा सिग्देल, राधिका रेग्मी, सँगम्ता चपाइ, सोभा तमाङ, रुपा अर्याल सापकोटा, युनिका थापा खड्का, दुर्गा पौडेल, सोनु घले, सिसम कार्की, उषा गुरुङ, बिपासना बस्नेत, कल्पना धिताल, प्रमिला थापा, ज्योति भट्ट, दुर्गा थापा मगर र लिला देवी निरौला रहेका छन्।
आयोजक संस्था अमेजन ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक कमल खतीवडाले आगामी असोज ३ गते जमल स्थित राष्ट्रिय नाचघरमा यस प्रतियोगिताको अन्तिम स्पर्धा हुने बताए। अन्तिम स्पर्धा कास्टमण्ड्प टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। आर्टिष्ट नेपालको मिडिया सपोर्टमा कुबेर तामाङ्गले फोटोग्राफी गरेका छन् भने प्रतियोगीताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी छिन्।
हाल, अन्तिम स्पर्धाको लागि ट्रेनिङ्ग आर्टिस्ट नेपाल स्टुडियोस एण्ड प्रोडक्सन हलमा संचालन भईरहेकोछ।
Tags:
Kuber Tamang
Nava Dhungel
Himani Subba
Amazon entertainment
Kamal Khatiwoda
Kala Subba