· ArtistNepal Network
· Event News
सन् २०१८ को ‘मिसेस ग्लोबल नेपाल’का प्रतिस्प्रधीहरुले फोटोसुट गरेका छन । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा प्रतिस्पर्धामा सामेल १६ प्रतियोगीहरुको फोटोग्राफर कुबेर तमाङले फोटोसुट गरेका हुन ।
विवाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस् “मिसेस ग्लोबल नेपाल २०१८” मा मनिषा सिग्देल, राधिका रेग्मी, सँगम्ता चपाइ, सोभा तमाङ, रुपा अर्याल सापकोटा, युनिका थापा खड्का, दुर्गा पौडेल, सोनु घले, सिसम कार्की, उषा गुरुङ, बिपासना बस्नेत , कल्पना धिताल, प्रमिला थापा, ज्योति भट्ट , दुर्गा थापा मगर र लिला देवी निरौला रहेका छन् ।
एमजोन ईन्टरटेन्मेन्टले यो सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको छ । अशोज ३ गते राष्ट्रिय नाचघरमा फिनाले हुने आयोजक सस्था अमाजोन ईन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले बताए । यस् कार्यक्रमको कोरियोग्राफी हिमानी सुब्बाले गरिरहेकी छिन् । हेरौं प्रतियोगीहरुका सुन्दर तस्बिरहरु :
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन फोटोग्राफर : कुबेर तामाङ मेकअप : ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी, ईन्दिरा ब्युटी पर्लर एन्ड ट्रेनिङ सेन्टर, एस जि एस एस ब्युटी केयर, एन्जिलिना ब्युटी पार्लर, म्याजिक ह्याण्ड ब्युटी पार्लर, गृहलक्ष्मी ब्युटी पार्लर, ड्रेस डिजाईन : कोजी ब्युटी स्टुडियो एन्ड फेशन बुटिक
Tags:
Himani Subba
Amazon entertainment
ArtistNepal Studios
Mrs Global Nepal
