· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
मिसेस ग्लोबल नेपाल २०१७ को अनलाईन भोटिङ सुरुभएको छ । भाद्र ३१ गते काठमाडौंको जमलमा हुने फिनालेमा बेस्ट पपुलर चोईस एवार्ड पनि अनलाईन भोटिङबाटै प्राप्त गर्न सकिने आयोजकले बताएका छन ।
प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १८ जना प्रतियोगीहरु प्रतिस्प्रधी गर्दैछन । विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
एमाजोन ईन्टरटेन्मेन्टका सिइओ कमल खतिवडाले प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, फोटोसेसन, महिला सशक्तीकरण,सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको बताएकाछन । मिसेस ग्लोबल नेपाल २०१७ को लागि छानिएका प्रतियोगीहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिएकिछिन ।
प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, मस्ट ब्युटिफुल, मिस फोटोजेनिक बेस्ट स्माईल आदि बिभिन्न विधामा विजेता छानिनेछ। प्रतियोगितामा सुनिता कायस्थ,अनिशा श्रेष्ठ, आर्जु गुरुङ, सुनिता तामाङ, रिना लामा, पुष्पा राई, मिना श्रेष्ठ, सन्तोषी जोशी पाण्डे, रेखा बस्नेत श्रेष्ठ, दिक्षा अधिकारी, सुजा राउत, तारा थापा, सुनिता थापा, मिरा राजबंशी गोर्खाली, सोनिया शर्मा अधिकारी, दोर्जे दोल्मा गुरुङ , सोनिया लामिछाने र अन्जना पौडेल रहेका छन ।
Tags:
Amazon entertainment
Amazone Entertainment
Mrs Global Nepal