· ArtistNepal Network · ArtistNepal News · Event News

सन् २०१७ को ‘मिसेस क्यापिटल क्वीन नेपाल’ को उपाधी मिसेस कृपा चुकेको पोल्टामा गएको छ। मंसिर २६ गते जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको तेश्रो संस्करणको ‘मिसेस क्यापिटल क्वीन नेपाल’ मा उनले काठमाडौं भित्र तथा बाहिरबाट भाग लिन आएका अन्य १५ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन्। उनले उपाधी सहित् बिभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन। त्यस्तै ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’को फस्ट रनरअपमा सुमित्रा लामा, सेकेन्ड रनरअपमा बिष्णु खड्का घोषित भईन।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस् प्रतियोगिताको अफिसियल मिडिया आर्टिस्ट नेपालले प्रतिस्प्रधीको अनलाईन भोटिङ पनि राखेको थियो, अनलाईन भोटिङ मार्फत पब्लिक चइस अवार्ड बिकला घिमिरेले हात पार्न सफल भईन। त्यस्तै अन्य टाईटल बिजेताहरुमा मिसेस ट्यालेन्टमा करुणा श्रेष्ठ, मिसेस स्मार्टमा बिष्णु खड्का, बेस्ट स्किन बिनु माझी, मिसेस पर्सानालिटीमा बिकला घिमिरे, मिसेस ईन्टिलिजेन्टमा गंगा अधिकारी, मिसेस चार्मिङमा सुमित्रा लामा, बेस्ट क्याटवाकमा छानु गुरुङ, मिसेस कन्फिडेन्समा लक्ष्मी पुरी प्रधान, मिसेस डिसिप्लिनमा हिरा कुमारी भाट, बेस्ट फोटोजेनिकमा संगिता लामा डंगोल, मिसेस एक्टिभमा उर्मिला घिमिरे, बेस्ट हेयरमा शर्मिला भट्टराई, मिसेस अट्ट्र्याटिभमा रेखा भट्टराई, बेस्ट ड्रेसमा कृपा चुके, मिसेस पब्लिक चईसमा बिकला घिमिरे र मस्ट पपुलर अवार्ड उर्मिला घिमिरेले हात पारेका थिए।

कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी कला सुब्बा हुनुहुन्थ्यो। त्यस्तै अन्य निर्णायकहरुमा गायक निर्णय श्रेष्ठ, मिसेस ग्लोबल बिजेता दोर्जे डोल्मा गुरुङ, नायक गजित बिष्ट, मिसेस नेपाल आईडल बिजेता रक्की श्रेष्ठ हुनुहुन्थ्यो। प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई कोरियोग्राफर हिमानी सुब्बाले मायाको चिनो प्रदान गर्नुभएको थियो। प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो। प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जूर ब्युइ पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमा तथा अनुग्रह फेशन बुटिकको ड्रेसमा आर्टिस्ट नेपाल स्टुडियोसले अफिसियल फोटोग्राफी गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो।

Mrs Capital Queen Nepal 2017 -amazone entertainment (1) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (2) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (3) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (4) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (5) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (6) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (7) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (8) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (9) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (10) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (11) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (13) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (14) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (music video director nava dhungel) Mrs Capital Queen Nepal 2017 -amazone entertainment (nirnaya nsk)
Tags: Nirnaya NSK Himani Subba Kamal Khatiwoda ArtistNepal Studios Amazone Entertainment Mrs Capital Queen Nepal Mrs Capital Queen Nepal 2017 Kala Subba