· ArtistNepal Network · ArtistNepal News · Fashion News
अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको यस प्रतियोगिता मिस्टर ह्यान्डसम नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न भएको छ। दरबारमार्ग स्थित सी डब्लु रेस्टुरेण्टमा सम्पन्न भएको उक्त ट्यालेन्ट राउण्डमा आर्जे भिजे तथा कोरियोग्राफर कला सुब्बा, फेशन कोरियोग्राफर तथा मोडल हिमानी सुब्बा, म्युजिक भिडियो निर्देशक तथा आर्टिस्ट नेपालमा डाईरेक्टर नव ढुंगेल, मिस ब्युटी क्विन नेपाल फस्ट रनरअप जयश्री मल्ल, मिसेस नेपाल आईडल दोश्रो रनरअप गंगा पौडेल निर्णायक थिए। ट्यालेन्ट शो मा प्रतिस्पर्धीहरुले नृत्य, बाध्यबाधन तथा गायन, हास्य व्यंग्य तथा अभिनय, कुक, मेकअप, सिलाइ कटिङ्ग , कबिता बाचन, वक्तृत्व कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन गरी निर्णायक मण्डलको मन जित्ने प्रयास गरेका थिए। प्रतियोगीहरुले देखाएको सबै प्रतिभाहरुको निणार्यक मण्डल तथा उपस्थित दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । यस् शोबाट प्राप्त हुने मस्ट ट्यालेन्ट को बिजेता घोषणा भने अन्तिम स्पर्धाका दिन हुनेछ। बिगत ६ बर्ष देखि सौन्दर्य प्रतियोगिता तथा नाटकको आयोजना गर्दै आएको संस्था ‘अमाजोन ईन्टरटेन्मेन्ट’ले आयोजना गर्ने सो सौन्दर्य प्रतियोगितामा १२ जना प्रतियोगीहरु रहेका छन। प्रतियोगितामा मिलन रेग्मी, आदित्य पास्वन, बैभव उपाध्याय, सनिस अर्याल, सुजन राई, आमोघ भट्ट, केवल सुब्बा, प्रेम तमाङ, अस्विन राई र मनिष घिमिरे रहेका छन। आयोजक संस्था अमेजन ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक कमल खतीवडाले आगामी असोज ३ गते जमल स्थित राष्ट्रिय नाचघरमा अन्तिम स्पर्धा हुने बताए। अन्तिम स्पर्धा कास्टमण्ड्प टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। आर्टिष्ट नेपालको मिडिया सपोर्टमा कुबेर तामाङ्गले फोटोग्राफी गरेका छन् भने प्रतियोगीताको कोरियोग्राफी कला सुब्बाले गरेकी छिन्। अन्तिम स्पर्धाको लागि ट्रेनिङ्ग आर्टिस्ट नेपाल स्टुडियोस एण्ड प्रोडक्सन हलमा संचालन भईरहेकोछ।
Tags: Amazon entertainment Himani