· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
युबाहरुको सौन्दर्य प्रतियोगिता मिस्टर ह्यान्डसम नेपालको पहिलो शृङ्खला ‘मिस्टर ह्यान्डसम नेपाल २०१८’ को तयारी अन्तिम अवस्थामा पुगेको छ।
प्रक्षिशण चरणमा रहेको यस् प्रतियोगिताका प्रतिस्प्रधीको बेस्ट फोटोजेनिक टाईटलको लागि फोटोसुट पनि सम्पन्न भएको छ। बिगत ६ बर्ष देखि सौन्दर्य प्रतियोगिता तथा नाटकको आयोजना गर्दै आएको संस्था 'अमाजोन ईन्टरटेन्मेन्ट'ले आयोजना गर्ने सो सौन्दर्य प्रतियोगितामा १२ जना प्रतियोगीहरु रहेका छन। प्रतियोगितामा मिलन रेग्मी, आदित्य पास्वन, बैभव उपाध्याय, सनिस अर्याल, सुजन राई, आमोघ भट्ट, केवल सुब्बा, प्रेम तमाङ, अस्विन राई र मनिष घिमिरे रहेका छन।
देशैभरि छरिएर रहेको युबापुस्ताका प्रतिभालाई समेटी, ग्रुमिङ गराई समाज र देशप्रती थप जिम्बेबार एबं युबा नेतृत्वदायी भूमिका निर्वाह गर्नसाथै लुकेर रहेका प्रतिभा र क्षमतालाई उजागर गरी सामाजिक पहिचानको खोजी मुख्य उदेश्य रहेको यस् प्रतियोगितालाई मोडल,आरजे,भिजे तथा कोरियोग्राफर कला सुब्बाले प्रक्षिक्षण दिएकी छिन्।
आगामी असोज ३ गते, बुधवार जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने यस् प्रतियोगिताका बिजेताले अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागीता जनाउन सक्ने आयोजना सस्था अमाजोन ईन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए।

