· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
लगनखेलस्थित ललितपुर कम्प्लेक्समा “मिष्टर एण्ड मिस टीन नेपाल २०१९” को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ।
“मिष्टर एण्ड मिस टीन नेपाल २०१९” युनिभर्सल जुम इन्टरटैन्मैन्ट प्रा. लि. र इभेन्ट म्यानेजमैन्ट एशोसियशन नेपालको आयोजनामा भएको हो। “मिष्टर एण्ड मिस टीन नेपाल २०१९” को ट्यालेन्ट राउण्डमा १५ प्रतियोगीहरुले विभिन्न विधामा आ–आफ्नो तर्फबाट रोचक तथा कलात्मक अभिनय प्रस्तुती दिएका थिए।

ट्यालेन्ट राउण्डको निर्णायक मण्डलमा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठ, गायक तथा गीतकार रोशन बलुवा र मोडल सहदेव वैद्य रहेको थियो। ट्यालेण्ट राउण्ड कार्यक्रम समारोहमा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठ, गायक तथा गीतकार रोशन बलुवा, मोडल सहदेव वैद्य र सञ्चार मिडिया ग्रुपका अध्यक्ष तथा नामी साप्ताहिकका प्रधान सम्पादक नारायण राईलाई खादा ओढाई सम्मान गरिएको थियो।
आयोजित कार्यक्रममा नृत्य निर्देशक भुवन दास श्रेष्ठले मिष्टर एण्ड मिस टीन नेपाल २०१९ को प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई शुभकामना दिदै यस्ता कार्यक्रमले व्यक्तित्व विकासमा ठूलो मद्दत मिल्ने अभिव्यक्ति दिएका थिए।

समारोह कार्यक्रमका मूलआयोजक तथा प्लस साइजकी विश्व सुन्दरी सपना राईले मिष्टर एण्ड मिस टीन नेपाल २०१९ का सहभागी प्रतियोगीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेकी थिइन्।
“मिष्टर एण्ड मिस टीन नेपाल २०१९” ट्यालेन्ट राउण्ड कार्यक्रममा अतिथिहरु लगायत सहभागी प्रतियोगीहरुको अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।