· ArtistNepal Network · ArtistNepal News · Filmy News
मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको प्रदर्शन मिति संगै चलचित्रको पोष्टर पनि सार्वजनिक गरिएको हो । २०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काडा कि फूल’मा आधारित यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो । चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायत रहेका छन् ।