· ArtistNepal Network · ArtistNepal News · Gossip & interview
आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । आज माता तिर्थ औसीको शुभ उपलक्ष्यमा सबैले आफ्नो आमासंग केहि रमाइलो समय बिताउनुनै भयो होला। आजको दिन आमाबाट टाढा भएका मानिसहरु आमाहरुको सम्झनामा गहभरि आँशु पारेर पनि बस्नुभएको होला । आमाले गरेको विविध संघर्षका कथाहरुमा केहि नेपाली चलचित्रहरु पनि निर्माण भएका छन् तर गित संगीत भने धेरैको संख्यामा सृजना भएका छन् , नेपाल आमालाई सम्बोधन गरेर सृजना गरिएका रास्ट्रभक्ति गितहरु असंख्य संख्यामा छन्। यहा हामी आमा प्रति समर्पित केहि गितहरुको मात्र चर्चा गर्नेछौ , जुन शब्द , संगीत, स्वर र संगीत संयोजनको बेजोड समिक्षण भएर नेपाली संगीतप्रेमीको मनमा बस्न सफल भएका छन्। सुशान्त केसी - आमा ४ वर्ष अगाडि गायक सुशान्त केसी आफैले शब्द कोरेर , संगीत भरेर तथा गाएको आमा सम्बन्धि यो गित अत्यधिक रुचाईएको गित हो। मेरी आमा - बुद्द लामा प्रथम नेपाल आईडल बिजेता बुद्द लामाले पनि आमा प्रति समर्पित गित निकाले। यस गितमा तमाम परदेशिएका सन्तानहरुले आफ्नो घर र आमालाई मिस गरिएको कुरा प्रस्तुत गरिएको छ , गीतलाई आशुसेन लामाले शब्द संगीत दिएका हुन्। आमा - शान्तिम कोईराला गायाक शान्तिम कोइरालाको आवाजमा जितेन्द्र मल्लको मनछुने शब्दमा संगीतकार कल्याण सिंहको संगीतमा आमा सम्बन्धि उत्कृस्ट गित सृजना भएको थियो , जुन युट्युबमा लिरिकल भिडियो प्रस्तुत गरिएको छ। आमा - यम बुद्ध चर्चित र्यापर गायक स्व. यम बुद्दले आमालाई र्यापमा प्रस्तुत गरे , जुन आमा प्रतिको गित पनि अत्याधिक रुचाईएको गित हो। आमा कुल पोखरेल सन् २००० मा रिलिज भएको कुल पोखरेलको आमा एल्बममा संग्रहित गित - आमा पनि अत्याधिक रुचाईएको गितमा पर्स्दछ। मेरी आमा - संजय श्रेष्ठ पुराना गायाक संजय श्रेष्ठले २ वर्ष अगाडि आमा संग समर्पित मेरी आमा गित सार्बजनिक गरे। जसमा बाल्यकाल देखि आफु ठुलो हुँदा सम्मको आमाको साथ र माया उल्लेख गरेका छन्। गितलाई गायक आफैले शब्द तथा संगीत दिएका छन्। आमा आमा - शिशिर योगी एउटी आमा बृदाश्रम पुग्ने कथा समेटिएको गित आमा आमा पनि धेरै रुचाईएको गित मध्ये पर्दछ। जुन गितलाई शिशिर योगीले गाएका हुन्। मेरी आमा - मेलिना राई गायिका मेलिना राईले आमा प्रति समर्पित गित मेरी आम पनि धेरै रुचाईएको गित अन्तर्गत पर्दछ । गित प्रल्हाद शाहको शब्दमा नबिन कार्कीको संगीतमा तयार भएको थियो। आमा- पकु पाण्डा पुवांग तामाङ्ग यी बाहेक धेरै गायक गायिकाहरुले आमा प्रति समर्पित गरिएका गितहरु रेकर्ड गरेका छन् जस अन्तर्गत  सबु गुरुङ , प्रेम परियार,अनिता सुब्बा , राहुल श्रेष्ठ, शरण गुरुङ, सुनिल चैदाल, पुजा मगर, छेवांग लामा, मानिस लिम्बु , सुजन थिगेला लिम्बु, सम्राट चौलागाईं , समिक्षा अधिकारी, सैलेश निरौला , रोशन गुरुङ, टंक तिमिल्सिना, आयुष घिमिरे , सुमित पाठक, सुजित उर्वन , प्रमोद खरेल, बिष्णु माझि ,लगायत  गायक गायिकाहरु ले आमा प्रति समर्पित गितहरु गाएका छन्। आर्टिस्ट नेपाल मिडिया नेटवर्कका लागि -नव ढुंगेल द्वारा सम्पादित