· ArtistNepal Network · artists · Model & Dancers
दोलखा मेलुङकी पेमा लामा भबिष्यमा सफल मोडल बन्ने सौख बोकेकी युवती हुन्। सानैदेखि फेशन शो, म्युजिक भिडियोहरुमा खेल्ने सपना साँचेकी पेमा सौँन्दर्यतालाई एकदमै महत्वपूर्ण ठान्छिन। सबैमा सौँन्दर्यता र कला लुकेको ठान्ने पेमा त्यसलाई कसरी प्रस्तुत गछौँ त्यसमा भरपर्ने बताउँछिन। ५ फिट ८ ईन्च अग्ली पेमा हाल बौद्द काठमाडौंमा बसोबास गर्छिन। उनको लोभलाग्दो उचाईले उनका साथीभाईहरुले पनि उनलाई मोडलिङ्गमा जान सल्लाह दिन्थे। आफ्नो रहर, घरपरिवार र साथीभाईहरुको सपोर्टले थप उर्जा मिलेको उनको ठम्याई छ। मोडलिङ्ग यात्रामा सौन्दर्य प्रतियोगिताको अनुभव नभएपनि फरक नपर्ने उनको धारणा छ। म्युजिक भिडियो तथा र्याम्पमा जान खोजेकी पेमा अब कला क्षेत्रमा अगाडी आउने योजना रहेको अनि कति सम्म सफल भईन्छ त्यो समयले बताउने भन्छिन। राम्रो प्रोजेक्टहरुको प्रतीक्षा गरेको बताउने पेमा राम्रो ब्यानर, राम्रो क्यारेक्टर आयो भने चलचित्रमा पनि डेब्युका लागि प्रतिक्षा गर्न तयार रहेको बताउँछिन्। हेरौँ यिनै आकर्षक रुपकि धनि पेमा लामाका आकर्षक तस्बिर। काठमाडौँ, कमलादी स्थित आर्टिस्ट नेपाल प्रोडक्सन एण्ड स्टुडियोमा चर्चित फोटोग्राफर कुबेर तामांगले मेकअप आर्टिस्ट गौरी रुम्बा श्रेष्ठ तथा सरिता थापाको मेकअपमा खिचेका आकर्शक तस्विरहरु :
Tags: Kuber Tamang Nepali Model Kuber Photography ArtistNepal Studios pema lama