· ArtistNepal Network · artists · Model & Dancers
ग्ल्यामर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएर अगाडी बढ्ने संकल्पका साथ नबमोडल ज्योति तामाङ्ग पनि आएकी छिन । मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन उनले आर्टिस्ट नेपाललाई रोजिन। रंगिनक्षेत्रमा आफ्नो भबिष्य बनाउने योजनाकासाथ उनले आर्टिस्ट्नेपाल स्टुडियोका चर्चित फोटोग्राफर कुबेर तामाङ्गसंग ग्ल्यामर फोटोसुट पनि गरिन। जन्मथलो रामेछाप दोराम्बो भएकी ज्योति ५ फिट ५ ईञ्च अग्ली छिन। बिशेष गरि म्युजिक भिडियो र फेशन शोमा र्याम्प नाप्ने उनको धोको छ। ज्योति पेशाले एक कुशल शिक्षिका हुन्। हाल जोरपाटी स्थित एक बिधालयमा अध्यापन गराउदै आएकी ज्योति मोडलिङ्गलाई चाहिने आबश्यक समय दिन तत्पर रहेको बताउछिन। आफ्नो लक्ष्यमा पुग्न त्यसै अनुरुप मेहनत गरेको बताउने ज्योति नृत्य र अभिनयमा पनि पोख्त छिन। हेरौ उनको आकर्षक तस्बिर। मोडल - ज्योति तामाङ्ग स्टुडियो - आर्टिस्ट नेपाल स्टुडियो एण्ड प्रोडक्सन फोटोग्राफर - कुबेर तामाङ्ग मेकअप - गौरी रुम्बा श्रेष्ठ / सरिता थापा मगर
Tags: hot nepali model ArtistNepal Studios glamour photoshoot Nepal