· ArtistNepal Network
· artists
· Model & Dancers
सल्भिक सुर्खेती नेपाली चलचित्र क्षेत्रका लागि एक आशालाग्दा प्रतिभा हुन्। गोर्खा सुलिकोट स्थाई घर भएका सल्भिक काठमाडौँ बुढानिलकण्ठमा बसेर मोडलिङ्गमा सक्रियताका साथ् लागिपरेका छन्। 'आई क्यान डान्स' नामक नृत्य प्रतिस्पर्धामा भाग लिएर अनौपचारिक रुपमा कला यात्रा प्रारम्भ गरेका उनले १ दर्जनको हाराहारीमा स्टेज प्रफ़मेन्स पनि गरिसकेका छन्।
२० बर्षीय सल्भिक ५ फिट ११ ईञ्च अग्ला छन्। आस्था कला केन्द्रबाट ३ बर्षे नृत्य तालिम लिएका उनले राजकुमार घोषसंग ३ महिले अभिनय तालिमपनि लिईसकेका छन्। चर्चित गायक संजिव प्रधानको परबाट बोलको भिडियोबाट भिडियो मोडलिङ्ग पनि गरेका उनले हालसम्म २ चलचित्रमा अभिनय गर्न सफल भईसकेकाछन्। उनि अभिनित पहिलो चलचित्र शुभ-लभ हो भने दोश्रो चलचित्र साईनो हो। चलचित्रमा सहायक भूमिकामा देखिएका उनको लक्ष्यनै चलचित्रको नायक बन्नु हो। आर्टिस्ट नेपाल स्टुडियोमा फोटोसुट गर्नेक्रममा उनले भने "नायक बन्ने लक्ष्यले नै अभिनय तथा नृत्य दुवै विधाको ट्रेनिङ्ग लिएको हुँ, हेरौ कहासम्म पुग्छु।"
मोडल - सल्भिक सुर्खेती
स्टुडियो - आर्टिस्ट नेपाल स्टुडियो एण्ड प्रोडक्सन
फोटोग्राफर - कुबेर तामांग
मेकअप - गौरी रुम्बा श्रेष्ठ