· ArtistNepal Network
· ArtistNepal News
आर्टिस्ट नेपाल । कन्सर्टका लागि नेपालमा आउदा बनाएको एउटा म्युजिक भिडियो डेनिस ब्यान्ड माइकल लन्र्स टु रक (एमएलटीआर) ले सार्वजानिक गरेका छन् ।
ब्याण्ड सदस्य ज्यासा रिचर्डले लेखेको ‘एनी वे यू वान्ट इट...’ वोलको गीतलाई धेरैले मन पराएका छन् । झन्डै बर्ष दिनअघि नेपाल आएका एमएलटीर ब्यन्डले विमानस्थलमा स्वातार्थ पाएको सम्मान, पत्रकार सम्मेलन, अन्तिम दिनको कन्सर्ट र बसन्तपुरमा खिचिएको दृष्यलाई म्युजिक भिडियोमा समावेस गरिएको छ । कन्सर्टको समय र पत्रकार सम्मेलनमा समेत उनीहरुले नेपालमा एउटा म्युजिक भिडियो बनाउने उद्घोष समेत गरेका थिए। यो गीत उनीहरुको नयाँ एल्वममा समावेस गरेका छन्। क्यानेडियन गायक ब्रायन एडम्सपछि कन्सर्टको लागि नेपाल आएका एमएलटीआर ब्यन्डमा तीन सदस्य छन् । उनीहरुले सयुक्त रुपमा गाएको यो गीतको म्युजिक भिडियो फेसबुक, एमएलटीआरको अफिसियल वेवसाइट र अन्य थुप्रै वेवसाइटमा राखिएको छ ।
नेपालमा बनाएको एमएलटीआरको म्युजिक भिडियो हेर्नुहोस् !
Tags:
Michael Learns To Rock
Hollywood Artists