· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८' को ट्यालेन्ट शो' राजधानीको नक्साल स्थित होटल क्राउन प्लाजामा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका १८ प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्व कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन गरी निर्णायक मण्डल र अभिभावकको मन जित्ने प्रयास गरेका थिए। प्रतियोगीहरुले देखाएको सबै प्रतिभाहरुको निणार्यक मण्डल तथा उपस्थित दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । यस् शोबाट बिजेता हुने मिस ट्यालेन्टको घोषणा भने अन्तिम स्पर्धाका दिन हुनेछ।
अमाजोन ईन्टरटेन्मेन्टको आयोजना रहेको 'मिस नेपाल आईडल' प्रतियोगिताको ट्यालेन्ट शोमा आर्टिस्ट नेपाल ग्रुपका अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक नव ढुंगेल, कोरियोग्राफर तथा मोडल हिमानी सुब्बा, प्याजेन्ट नेपालका सिईओ एबं संचारकर्मी राज लुईटेल, नृत्यनिर्देशक सन्दिप भुजेल, नर्सिङ आईडल फष्ट रनरअफप सुजिता खत्री, ड्रिम्स सर्च एजेन्सीका निर्देशक कमल निकोन छेत्री, ब्युटिसियन नेपाल बिजेता शिलाश्मा मल्ल ठकुरी निर्णायक रहेका थिए ।
मिस नेपाल आईडल २०१८ मा सैयम श्रेष्ठ, टिनेमा लिम्बु, मेरिना लिम्बु, रक्षा भुजेल, सुजता थापा, कंचन यादव, अलिशा राई, सबिता पोखरेल, चन्दा ओली, साईना तमाङ, सुशन कोइराला, बर्षा महर्जन, स्मृति बोहरा, अस्मिता तमाङ, मिना पुन, आकृति कुँवर र कृजु महर्जन गरी १८ प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धा गर्दै छन्।
यस् प्रतियोगितामा बिजेताले अन्तरराष्ट्रिय प्रतिस्प्रधामा समेत नेपालको प्रतिनिधित्व गरेर जान सक्ने आयोजक संस्थाका अध्यक्ष कमल खतिवडाले बताए ।
आशाढ ११ गते नाचघर जमलमा हुने अन्तिम स्पर्धाका लागि प्रतियोगीताका विजेता तथा टाईटल विजेताहरुले उपाधिका साथमा बिभिन्न अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । अन्तिम स्पर्धा कास्टमंडप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । हस्पीलिटी पार्टनरको रुपमा होटल क्राउन प्लाजा तथा फोटोग्राफी आर्टिष्ट नेपालका फोटोग्राफर कुबेर तामाङको रहेको छ । प्रतियोगीताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी छिन् ।

Tags:
Nava Dhungel
Himani Subba
Amazone Entertainment
Director Nava Dhungel
Miss Nepal Idol