· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
"मिस हेरिटेज क्विन २०१८" का प्रतियोगीहरुले विश्व सम्पदा क्षेत्रको भ्रमण गरेका छन। विश्व सम्पदामा सुचिकृत काठमाडौंका ऐतिहासिक स्मारक तथा स्थानहरूमा "मिस हेरिटेज क्विन २०१८" का प्रतियोगीहरुले अबलोकनार्थ नारायण हिटी राजदरबार क्षेत्र, काठमाडौं दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र भक्तपुर दरवार क्षेत्रको भ्रमण गरेका हुन ।
आगामी अशोज ५ गते दरबारमार्ग स्थित होटेल डेल अन्नपूर्णमा फिनाले हुने यस् प्रतियोगितामा १२ प्रतिस्प्रधी भिड्दै छन। प्रतियोगीतामा समिक्षा पौडेल, मनसा लामा, सिमा मगर, अस्मिता खड्का, गौरी नेगी, बिहानी कपाली श्रेष्ठ, सिता ज्योति, ग्रिश्मा रिजाल, योशी ह्योल्मो, जेसुन लिम्बु, सोना बराम र सुष्मिता गोलेलो प्रतिस्प्रधा गर्दैछन। कला,संस्कृति एवं बहुमूल्य सम्पदाका रूपमा सुचिकृत नेपालका स्मारक र स्थानहरू संरक्षण गर्न युबापुस्तालाई उत्पेरित गराउने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा कोरियोग्राफर रोजिन शाक्यले कमलादी स्थित आर्टिस्टनेपाल स्टुडियोस एण्ड प्रोडक्सन हलमा कोरियोग्राफी गरिरहेका छन।
युथ क्रियशन नेपालले आयोजना गरेको यस् प्रतियोगीता दोश्रो संस्करण हो। व्यक्तिको वाहिरी आवरणलाइ भन्दा वर्तमान समयमा लोप हुदै गएका नेपालका बहुमूल्य सम्पदाका बारेमा तथा कती थाहा नपाएका कुराहरुको बारेमा प्रतियोगीहरुलाई धेरै जानकारी दिन सफल भएको आयोजक समितिका रवि तामाङ्गले बताए।

Tags:
Miss Heritage Queen Nepal