· ArtistNepal Network
· ArtistNepal News
· Event News
मिस ब्युटि क्विन नेपाल २०१७ को अनलाईन भोटिङ सुरु भएको छ । काठमाडौं भित्र तथा बहिरबाट १७ जना प्रतियोगीहरु प्रतिस्प्रधी रहेको यस् प्रतियोगिताको श्रावण ५ गते हुने फिनालेमा "बेस्ट पपुलर चोईस एवार्ड" अनलाईन भोटिङबाटै प्राप्त गर्नेछन । भोटको लागि अफिसियल मिडिया "आर्टिस्ट नेपाल" को पेजमा गएर आफुलाई मन पर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । भोट फाइनल प्रतियोगिताको बिहान सम्म खुल्ला गरिएको छ ।
नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको एमाजोन ईन्टरटेन्मेन्टका सिइओ कमल खतिवडाले जानकारी दिएका छन् ।
मिस ब्युटि क्विन नेपाल २०१७ को लागि छानिएका प्रतियोगीहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिएकिछिन । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटोसेसन, महिला सशक्तीकरण, सञ्चार, कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटोसेसन, महिला सशक्तीकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिएकी छिन् ।
प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, क्यास प्राईज, टुर प्याकेज, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, मस्ट ब्युटिफुल, मिस फोटोजेनिक आदि बिभिन्न विधामा विजेता छानिनेछ ।
Tags:
Beauty Pageant
Himani Subba
Miss Beauty Queen Nepal 2017
Kamal Khatiwoda
Best Popular Choice Award