· ArtistNepal Network · ArtistNepal News

राजधानीको पर्यटन विकास बोर्डको हलमा मिस एण्ड मिसेज ब्युटिफुल नेपालको ट्यालेन्ट राउण्ड भब्यताका साथ सफल भएको कुरा दक्ष इन्टरनेशनल प्रा. ली. का प्रबन्ध निर्देशक टेकराज पाण्डेले जानकारी दिनुभयो ।

थुप्रै दर्शकहरुको सहभागीता रहेको उक्त कार्यक्रममा बरीष्ठ हास्य कलाकार किरण के.सी.(राता मकै), मिडिया पर्सन राजेन्द्र लुईटेल, नायक गजित बिष्ट, नायीका निष्मा घिमिरे, मिसेज ब्यूटीफुल नेपाल सुनीता कर्मचार्य, मिसेज नेपाल आइकन शान्ता तामाङ निर्णायकको भूमिकामा रहेका थिए । मिस र मिसेज ब्युटीफिलको प्रतिभाबाट निर्णायकहरु निकै उत्साहित देखिए ।

आउदो पौष २३ गते राष्ट्रीय नाचघरमा सम्पन्न हुन गईरहेको मिस एण्ड मिसेज ब्युटीफुल नेपालको प्रतियोगीले शनिवार एक कार्यक्रमका बिच निर्णायकसामु आफुभित्र भएको प्रतिभा प्रस्फुटीत गरेका थिए प्रतियोगीहरुले गीत, नृत्य, पेन्टीङ, बाचनकला, हेयर कटीङ गरेर आफ्नो प्रतिभा देखाएका थिए । ट्यालेन्ट राउन्डमा आफ्नो प्रतिभा देखाएका आधारमा निर्णायकले दिएको अंक अनुसार मिस एण्ड मिसेज ट्यालेन्ट छानिनेछन् ।

सोही कार्यक्रममा निर्णायक एवं नायक गजित विष्टको जन्मदिन समेत परेकोले आयोजक संस्थाले जन्मदिनलाई विशेष वनाई शुभकामना दिएको थियो ।

Tags: Miss & Mrs Beautiful Nepal Gajit Bista